Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

संसदीय दलको बैठक

रास्वपा संसदीय दलको बैठक सुरु, यी चार विषयमा छलफल गरिने 

रास्वपा संसदीय दलको बैठक सुरु, यी चार विषयमा छलफल गरिने 


  • 2.0K
    Shares

    रास्वपा संसदीय दलको बैठक सुरु, यी चार विषयमा छलफल गरिने 

    काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजेबाट बैठक सुरु भएको हो । 

    रास्वपाका सचेतक निशा डाँगी उनका अनुसार बैठकका लागि चारवटा कार्यसूची तय गरिएको छ। संसद्को बर्खे अधिवेशन यही वैशाख २८ गतेबाट प्रारम्भ हुँदैछ।

    आगामी बजेट अधिवेशन र सरकारको नीति कार्यक्रमबारे बैठकमा छलफल हुने सचेत डाँगीले बताइन्। त्यस्तै पार्टीको संसदीय कामकारबाहीबारे पनि छलफल हुनेछ।

    संसदीय दलको बैठकमा इलाम—२ को उपनिर्वाचनको पनि समीक्षा हुनेछ। वैशाख १५ गते भएको उपनिर्वाचनमा रास्वपा चौथो भएको थियो। नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर निर्वाचित हुँदा रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बू चौथो भएको थिए। उनले ५ हजार ५० मत प्राप्त गरेका थिए।

    यस्तै आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टी रणनीतिका सम्बन्धमा पनि छलफल हुनेछ। यसबाहेक सरकारमा सहभागी मन्त्रीहरूको कामको पनि समीक्षा हुने रास्वपाले बताएको छ।

    प्रतिनिधि सभामा रास्वपाका २१ जना सांसद छन्। इन्दिरा रानामगर उपसभामुख भएकाले बैठकमा २० जना सांसदको सहभागी हुनेछन्।

    प्रकाशित मिति :बैशाख २५ २०८१ मंगलवार - ०८:५७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij