Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

तेस्रो त्रैमाससम्म कर्णाली डेभलपमेन्ट बैंकको नाफा ६६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? 

तेस्रो त्रैमाससम्म कर्णाली डेभलपमेन्ट बैंकको नाफा ६६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? 


  • 2.1K
    Shares

    तेस्रो त्रैमाससम्म कर्णाली डेभलपमेन्ट बैंकको नाफा ६६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? 
    images

    काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको नाफा ६६ प्रतिशतले बढेको छ । 

    बैंकले चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा २ करोड ८८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । जुन गत वर्षको यसै अवधिसम्मको तुलनामा यो वर्ष कम्पनीले ६६.१९ प्रतिशत बढी हो । गत वर्ष यस अवधिसम्म १ करोड ७३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । 

    यस वर्ष इम्पेरमेन्ट चार्ज वापत्को २ करोड १२ लाख ४३ हजार रूपैयाँ फिर्ता आएसँगै कम्पनीको खुद नाफा बढेको हो ।गत वर्ष यस अवधिसम्म कम्पनीले इम्पेरमेन्ट चार्ज वापत् १ करोड ४७ लाख रूपैयाँभन्दा बढी रकम छुट्याएको थियो । 

    हाल कम्पनीको चुक्तापूँजी ५० करोड २८ लाख रूपैयाँभन्दा बढी रहेको छ । शेयर प्रिमियममा ४ लाख ५८ हजार रूपैयाँ रहेको कम्पनीको रिटर्न अर्निग भने २ करोड ५१ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । जगेडा कोष रकम भने ५ करोड ३५ लाख रूपैयाँभन्दा बढी कायम छ । 

    निक्षेप संकलन ४ प्रतिशतभन्दा बढी गरेको कम्पनीको कर्जा प्रवाह शून्य दशमलव ३५ प्रतिशत बढी भएको छ । यस वर्ष कम्पनीले ४ अर्ब ६८ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको हो भने ३ अर्ब ४० करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो । 

    तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा २ करोड २३ लाख रूपैयाँभन्दा बढी छ । प्रतिशेयर आम्दानी ५ रूपैयाँ ७३ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०५ रूपैयाा ७५ पैसा रहेको छ ।

    प्रकाशित मिति :बैशाख ११ २०८१ मंगलवार - ०७:४१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij