Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको नाफा १३.४७ प्रतिशतले घट्यो, कुन बैंकले कति कमाए नाफा ?

तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको नाफा १३.४७ प्रतिशतले घट्यो, कुन बैंकले कति कमाए नाफा ?


  • 3.2K
    Shares

    तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको नाफा  १३.४७ प्रतिशतले घट्यो, कुन बैंकले कति  कमाए  नाफा ?
    images

    काठमाडौँ  । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको खुद नाफा साढे १३ प्रतिशतले घटेको छ । 

    २० वाणिज्य बैंकले चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूले चैत मसान्तसम्म ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । तर, यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १३.४७ प्रतिशतले कम हो ।

    गत वर्षको चैत मसान्तसम्म २० वाणिज्य बैंकको नाफा ४७ अर्ब एक करोड ५३ लाख रुपैयाँ थियो । बैंकहरूको खराब कर्जाका कारण प्रत्यक्ष नाफामा प्रभाव पर्न गएको छ ।

    सर्वाधिक नाफा वृद्धि हुनेमा कृषि विकास बैंक छ । यो बैंकले गत वर्षको चैत मसान्तसम्मको तुलनामा ९७।२२ प्रतिशतले नाफा वृद्धि गरेको छ । कृषि विकास बैंकले चैत मसान्तसम्म दुई अर्ब पाँच करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

    त्यस्तै, सर्वाधिक नाफा घट्नेमा नेपाल बैंक छ । यो बैंकले चैत मसान्तसम्म १३ करोड पाँच लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा यो बैंकको नाफा ९२.६८ प्रतिशतले घटेको छ । गत वर्षको चैत मसान्तसम्म एक अर्ब ७८ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    चैत मसान्तसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले आर्जन गरेको छ । यो बैंकले चार अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । ग्लोबल आइएमई बैंकले सो अवधिसम्म तीन अर्ब ३० करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

    २० वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा नेपाल बैंकले गरेको छ । चैत मसान्तसम्म सात वाणिज्य बैंक नाफा बढाउन सफल भएका छन् भने १३ वाणिज्य बैंकको नाफामा कमी आएको छ । अर्थतन्त्रमा आएको मन्दीको असर बैंकको नाफामा पनि देखिएको छ । 

    कुन बैंकले कति नाफा कमाए ? 

    1713509017-1sxY7.jpg

    प्रकाशित मिति :बैशाख ७ २०८१ शुक्रवार - १२:५८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij