Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रपति भण्डारी भोलि बंगलादेश जाँदै, के-के छन् कार्यक्रम ?

राष्ट्रपति भण्डारी भोलि बंगलादेश जाँदै, के-के छन् कार्यक्रम ?


  • 6.7K
    Shares

    राष्ट्रपति भण्डारी भोलि बंगलादेश जाँदै, के-के छन् कार्यक्रम ?

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार दुई दिने राजकीय भ्रमणका लागि बंगलादेश जाने भएकी छन् ।

    बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको निमन्त्रणामा भण्डारी भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तिमा सहभागी हुन् भण्डारी बंगलादेश जान लागेकी हुन ।

    उनी सोमबार र मंगलबार बंगलादेशका विभिन्न स्थानमा जाने र त्यहाँका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । सो कार्यक्रममा भण्डारी नेपाल बंगलादेशबीचको सम्बन्ध बारे प्रवचन दिने छिन् ।

    त्यसैगरी भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने र राजकीय भोजन कार्यक्रम समेत रहेको छ ।

    त्यसैगरी राष्ट्रपति भण्डारीले त्यहाँको शहीद स्मारिकको भ्रमण गर्ने कार्यक्रम रहेको छ । ढाकास्थित नेपाली दूतवास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने कार्यसूची पनि रहेको छ ।

    भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी रहने छन् ।

    भण्डारीको भ्रमण दलमा एक सांस्कृतिक टोली पनि रहने छ । जसले ढाकामा जन्म शताब्दी समारोह कार्यक्रमको दौरान सांस्कृतिक प्रदर्शन देखाउँनेछ ।

     

    प्रकाशित मिति :चैत्र ८ २०७७ आइतवार - १२:२१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij