२०८२ भाद्र १७ गते मंगलवार
काठमाडौँ । आज बैशार ५ गते बुधबार ! सरकारले आज राम नवमीका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । आज सबै सरकारी कार्यालय, बीमा, बैंक तथा वित्तीय संस्था र शेयर बजार बन्द हुनेछन् ।
राम नवमी हिन्दु धर्मावलम्बीहरुको एक पर्व हो । यो पर्व चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन मनाइने गरिन्छ । प्रख्यात हिन्दु धर्मग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्रीरामचन्द्रको जन्म दिनका रुपमा लिइन्छ ।
यो पर्व चैत नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान् श्रीरामका साथै आद्यशक्ति नवदुर्गा देवीको पनि पूजा हुन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij