Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कांग्रेस नेतृत्वमा सरकार बनाइन्छ, चुनावमा गइन्छ : गगन थापा

कांग्रेस नेतृत्वमा सरकार बनाइन्छ, चुनावमा गइन्छ : गगन थापा


  • 10.8K
    Shares

    कांग्रेस नेतृत्वमा सरकार बनाइन्छ, चुनावमा गइन्छ : गगन थापा

    पोखरा । कांग्रेस नेता तथा सांसद गगन थापाले अब देश चुनावमा होमिइसकेको भन्दै तयारी थाल्न आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन् । सरकारको नेतृत्व कांग्रेसले लिने र चुनावमा देशलाई लैजाने दाबी उनले गरे ।

    थापाले यसअघि कांग्रेस सरकारमा जान नहुने पक्षमा वकालत गर्दै आएका थिए । अहिले आफ्ना अडान फेरेका उनले कांग्रेसले अरु पार्टी मिलाएर सरकार बनाउने र देशलाई चुनावमा लैजाने बताएका हुन् ।

    नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकीको शुक्रबार पोखरामा भएको दोस्रो अधिवेशनमा बोल्दै थापाले भने, ‘यो संसदले सरकार पनि दिन सक्दैन । छलफल पनि दिन सक्दैन । जनताको विषयलाई सम्बोधन पनि गर्न सक्दैन ।’

    उनले अगाडि थपे, ‘अबको शक्तिशाली प्रधानमन्त्री मै हो भनेर जुन भन्न खोजिएको छ, यसलाई रोक्न आवश्यक छ । यसलाई रोक्न नेपाली कांग्रेसले अग्रसरता लिने हो । अरु पार्टीलाई मिलाएर सरकार बनाउने हो । र, त्यसपछि देशलाई चुनावमा लैजाने हो ।’

    कांग्रेसले सरकार बनाएर २ वर्ष चलाउँला, सरकार बनाएर यो गरुँला, त्यो गरुँला भन्ने भन्ने नभएको तर, ओली सरकारले बिगारेका कामहरु सच्याउने उनको भनाइ थियो ।

    ‘प्रधानमन्त्री केपी शर्मा ओलीले बिगारेका कामहरु छन्, त्यललाई सच्याउने हो । सुशासन ल्याउने हो,’ उनले भने, ‘कोभिडबाट थला परेको अर्थतन्त्रलाई केही माथि उठाउने प्रयास गर्ने हो । संविधानमा परेका भ्वाङहरु टाल्ने हो ।’

    कांग्रेस नेतृत्वको सरकारले देशलाई चुनावमा लगेर निष्पक्ष चुनाव गराउने उद्देश्य राखेको सांसद थापाले बताए । प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालमा निष्पक्ष चुनाव सम्भव नभएको आरोप लगाउँदै उनले भने, ‘अड्डा(अदालत, निर्वाचन आयोग कसैले पनि ओलीको अन्डरमा निष्पक्ष काम गर्नै सक्दैन ।’

    ‘कांग्रेस अब गोलमोल हुने होइन’
    सांसद थापाले अब आफ्नै सरकार बनाउन कांग्रेसले कुनै गोलमोल गर्न नहुनेसमेत बताए । तत्काल केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएर नेपाली कांग्रेस नेतृत्वको सरकार बनाउनेबारे निर्णय गर्नुपर्ने धारणा उनको थियो ।

    ‘नेपाली कांग्रेसले अब गोलमोल गर्नु हुँदैन । तत्काल केन्द्रीय समितिको बैठक बोलाउने, संसदीय दलको बैठक बोलाउने, हाम्रो नेतृत्वमा सरकार बनाउने हो भनेर निर्णय गर्ने हो । त्यो निर्णय गरेर जसपासँग वार्ता गर्ने, माओवादी केन्द्रसँग वार्ता गर्ने हो ।’

    थापाले जसपा र माओवादी केन्द्रले पनि अब अल्मल्याउने काम नगरेर प्रष्ट निर्णय दिनुपर्ने उल्लेख गरे । माओेवादी केन्द्रलाई पनि सरकारको समर्थन फिर्ता लिने भए तत्काल निर्णय लिन उनले सुझाए ।

    ‘कांग्रेसलाई समर्थन दिने हो भने दिने भन्नुस् । नदिएर केपी ओलीसँग टाँस्सिरहने हो भने जानुस्, गए हुन्छ केही फरक पर्दैन,’उनले भने ।

    नेपाली कम्युनिष्ट पार्टीले जनतालाई निराश बनाएको भन्दै उनले कांग्रेसले अन्तिम पटकका लागि जनतासँग मौका माग्ने र आफ्ना कमीकमजोरी सच्याउँदै अघि बढ्ने बताए ।

    उनले भने, ‘जनतालाई फेरि खुसी बनाएर अर्को ५ वर्षका लागि तपाईंहरुसँग मत माग्न आउने हैसियत बनाउँछौं भन्ने उद्घोष, संकल्प, प्रतिवद्धता गरेर जनतामाझ जाने स्थिति हामी बनाउँछौं ।’

    जसपा र माओवादी केन्द्रले नेपाली कांग्रेसलाई समर्थन नगरे आफूहरु फेरि प्रतिपक्षमै बस्ने र कामबाटै हस्तक्षेप गर्ने थापाले बताए ।

    प्रकाशित मिति :चैत्र ६ २०७७ शुक्रवार - १६:३३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij