Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

जेलमा समेत दुख दिएका ओलीले मलाई धरधरी रुवाए भन्दै नेपालले ओलीको यसरी खने खेदो 

जेलमा समेत दुख दिएका ओलीले मलाई धरधरी रुवाए भन्दै नेपालले ओलीको यसरी खने खेदो 


  • 9.0K
    Shares

    जेलमा समेत दुख दिएका ओलीले मलाई धरधरी रुवाए भन्दै नेपालले ओलीको यसरी खने खेदो 

    नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको फेरि चर्को आलोचना गरेका छन् । उनले एमाले जन्माउने मूल नेता केपी ओली नभएको भन्दै ‘एमालेको धाक’ नदिन चेतावनी दिए ।

    आफ्नो समूहको महिला भेलालाई सम्वोधन गर्दै नेपालले भने, ‘एमाले म हुँ, मकहाँ आउनुपर्छ भन्छन् । तर उनी मूल एमाले होइनन् । बीमाले, सिमाले भने हुन्छ । एमालेको धाक नदेखाए हुन्छ । वास्तविक एमाले हामी हौं ।’
    झापा आन्दोलनदेखि कुनै पनि आन्दोलनमा ओलीको भूमिका नरहेको पनि बताए । झापा आन्दोलनका सबै अगूवाहरु आफ्नो समूहमा रहेको उनको दावी थियो ।

    ‘त्यतिबेला ओली जेलमा थिए, जेलमा उनले कस्तो भूमिका खेले भन्ने अरु साथीहरुलाई सोध्दा हुन्छ,’ नेपालले भने, ‘मैले सुनेअनुसार त जेलमा पनि उनले अरुलाई दुख दिएका थिए ।’
    ओलीलाई घमण्डले बिगारेको नेपालले बताए ।

    ‘ओलीजी घमण्डको चुचुरोबाट तल ओर्लिनुस् । धेरै बिगारेको छ, तपाईंको घमण्ड र व्यक्तिवादले । तपाईंको वैचारिक विचलनले बिगार्यो । अहिलको लडाई यही विचारसँग जोडिएको छ ।’

    ओली नेतृत्वमा आएदेखि नै पार्टीमा संकट सुरु भएको नेपालले बताए । आफूहरुले सबै अपमान र पूर्वाग्रह सहेर पनि मिलेर जाने प्रयास गरेको उनको भनाइ छ ।

    ‘हामीले मिलेर जाउँ भनेर चुनावमा एकतावद्ध भएर जाँदा एमालेले विजय प्राप्त गर्यो । तर, त्यसलाई ओलीजीले आफ्नो निजी विजय ठान्नुभयो । आफ्नो सौर्य ठान्नुभयो ।’ नेपालले भने ।

    प्रकाशित मिति :चैत्र ६ २०७७ शुक्रवार - १४:२०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij