Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

उपनिर्वाचन

माओवादी त्यागेका मिलन लिम्बू रास्वपा इलाम-२ को उम्मेदवार 

माओवादी त्यागेका मिलन लिम्बू रास्वपा इलाम-२ को उम्मेदवार 


  • 2.9K
    Shares

    माओवादी त्यागेका मिलन लिम्बू रास्वपा इलाम-२ को उम्मेदवार 

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) परित्याग गरेका मिलन लिम्बू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बनेका छन् । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि लिम्बू रास्वपाका उम्मेदवार बनेका हुन् । 

    आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालयमा उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको रास्वपा महामन्त्री मुकुल ढकालले जानकारी दिए । 

    यसअघि लिम्बू माओवादी केन्द्रनिकट प्रेस सेन्टरमा आवद्ध थिए । उनले केहीदिन पहिले राजनीतिक दलसँगको आवद्धता परित्याग गरिसकेका छन् । 

    आसन्न बैशाख १५ गते इलाम–२ मा उपनिर्वाचन हुँदैछ । त्यसका लागि यहीँ चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यक्रम छ । 

    यो पनि पढ्नुहोस् 

    इलाम-२ : झलनाथ खनाल हल्लामै सीमित, एकीकृत समाजवादीको उम्मेदवार राई

    प्रकाशित मिति :चैत्र १५ २०८० बिहिवार - १८:०९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij