Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत आचार्यद्वारा पदभार ग्रहण

सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत आचार्यद्वारा पदभार ग्रहण


  • 477
    Shares

    सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत आचार्यद्वारा पदभार ग्रहण

    काठमाडौं । सानिमा बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार आचार्यले आज मिति २०८२ माघ १२ गते पदभार ग्रहण गरेको छन् । सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको मिति २०८२ कार्तिक २४ (नोभेम्बर १०, २०२५) मा बसेको बैठकको निर्णय बमोजिम श्री पवन कुमार आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

    २१ बर्षदेखि सानिमा बैंकमा विशिष्ट योगदान पु¥याउँदै आउनुभएका आचार्य संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतको MNIT, Jaipur मा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका छन् । साथै, शैक्षिक उपलब्धिहरु मध्ये एस.एल.सी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गरेका थिए । 
      
    प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गर्नु अघि उनले बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । सानिमा बैंकमा आफ्नो लामो सेवाकालका दौरान उहाँले दशभन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गरेका छन् । 
     
    उनका अनुसार प्रमुख कार्य क्षेत्रहरूमा कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना वित्त रहेका छन् । उनले सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा पनि अध्यक्षका रुपमा कार्यरत थिए । बैंकिङ्ग क्षेत्रबाहेक उहाँसँग इन्जिनियरका रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ ।

    प्रमुख कार्यकारी अधिकृत आचार्यको विश्लेषण क्षमता, रणनीतिक सोच र बैंकिङ्ग अनुभवका आधारमा उनकोे नेतृत्वमा बैंकले थप सफलता र प्रतिष्ठा हासिल गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

    प्रकाशित मिति :माघ १२ २०८२ सोमवार - १२:१८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij