२०८२ माघ १२ गते सोमवार
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का बिनाविभागीय मन्त्रीहरूले मन्त्रालयको जिम्मवारी पाएका छन् । उनीहरूलाई मुख्यमन्त्री कमलबहादुर शाहले आज (बिहीबार) जिम्मेवारी दिएका हुन् ।
नाउपाका दुई मन्त्री लक्ष्मण किशोर चौधरी र खुसीराम चौधरीलाई मन्त्रालयको जिम्मेवारी दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
शाहले लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास तथा खुसीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् । दुवै मन्त्रीले आजै पद तथा गोपनीयताको शपथग्रहण गर्नेछन् ।
यो पनि पढ्नुहोस्
विवाद नसुल्झिँदै नाउपा सुदूरपश्चिम सरकारमा संलग्न दुई मन्त्रीको जिम्मेवारी बाँडफाँड
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij