Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रदेश सरकार

विवाद नसुल्झिँदै नाउपा सुदूरपश्चिम सरकारमा संलग्न दुई मन्त्रीको जिम्मेवारी बाँडफाँड

विवाद नसुल्झिँदै नाउपा सुदूरपश्चिम सरकारमा संलग्न दुई मन्त्रीको जिम्मेवारी बाँडफाँड


  • 2.6K
    Shares

    विवाद नसुल्झिँदै नाउपा सुदूरपश्चिम सरकारमा संलग्न दुई मन्त्रीको जिम्मेवारी बाँडफाँड

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा संलग्न नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुईजना बिनाविभागीय मन्त्रीको जिम्मेवारी बाँडफाँड गरिएको छ । मन्त्रीद्वयको जिम्मेवारी बाँडफाँड आज (बिहीबार) गरिएको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ । 

    केही महिना पहिले मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाबाट बिनाविभागीय मन्त्रीमा लक्ष्मणकिशोर चौधरी र खुसीराम चौधरीलाई नियुक्त गरेका थिए । उनीहरू मन्त्रीमा नियुक्त भए पनि मन्त्रालयको जिम्मेवारी भने सम्हाल्न पाएका थिएनन् । 

    लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

    मन्त्रीद्वयको आज बिहान ११ बजे पद तथा गोपनीयताको शपथग्रहण हुने उक्त कार्यालयले जनाएको छ । यद्यपि नाउपाको आन्तरिक विवादले भने हालसम्म पार पाउन सकेको छैन । 

    नाउपा रञ्जिता श्रेष्ठ पक्षले समर्थन फिर्ता लिनेसम्मको निर्णय गरिसकेको छ भने रेशम चौधरी पक्षले मुख्यमन्त्री शाह नेतृत्वको सरकारमा अनिवार्य संलग्न हुनैपर्ने अडान छोडेको छैन ।

    यो पनि पढ्नुहोस् 

    सुदूरपश्चिम प्रदेश : नाउपाका मन्त्रीद्वयलाई कुन-कुन मन्त्रालयको जिम्मा ?

     

    प्रकाशित मिति :चैत्र १५ २०८० बिहिवार - ११:२२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij