Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

सन लाइफ क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सन लाइफ क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


  • 2.5K
    Shares

    सन लाइफ क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
    images

    काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी सन लाइफ क्यापिटलले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा बालबालिका र युवाहरुमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । 

    क्यापिटलले वित्तयि चेतना अभिवृद्धि गर्ने उद्देश्यले चैत्र ७ र ८ गते क्रमश श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुर र श्री मल्पि इन्टरनेस्नल कलेज,चक्रपथ, काठमाण्डौमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

    २०८० चैत्र ७ गते श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुरमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुको साथै लगानी गर्दा ध्यानदिनुपर्ने कुराहरु, इन्टरनेट लगायत अन्य सामाजिक संजालको प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताबारे विस्तृत जानकारी दिइउको थियो । साथै सहभागि विद्यार्थीहरुको वित्तीय बजार र धितोपत्र बजार सम्बन्धि सम्पूर्ण जिज्ञाशाहरु स्पष्ट पारिएको थियो ।

    २०८० चैत्र ८ गते श्री मल्पि इन्टरनेस्नल कलेज,चक्रपथ, काठमाडौंमा बिबिए ८ सेमेष्टरका विद्यार्थीहरुलाई बीमा क्षेत्र सम्बन्धि साक्षरता अभिवृद्धि गर्ने साक्षरता कार्यक्रम र वित्तीय बजार, धितोपत्र बजारमा केन्द्रीत हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो  । जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

    सनलाइफ क्यापिटल लि. धितोपत्रबोर्डबाट स्विकृतप्राप्त मर्चेन्ट बैंकर हो जसले मर्चेन्ट बैंकिङ्ग व्यवशाय अन्तर्गत  लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रकाशित मिति :चैत्र ९ २०८० शुक्रवार - ०७:५५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij