२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । जनता समाजवादी पार्टी नेपालको पदाधिकारी बैठकमा उपेन्द्र यादव र राजेन्द्र महतोबीच चर्काचर्की भएको छ। जसपा स्रोतका अनुसार केन्द्रीय कार्यकारिणी बैठक बस्नुअघि बसेको बैठकमा उनीहरुबीच चर्काचर्की भएको हो।
पदाधिकारी बैठकमा पार्टीका शीर्ष पाँच नेता महन्थ ठाकुर, राजेन्द्र महतो, बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईबीच छलफल भएको थियो।
‘उपेन्द्रले कार्यकारिणी बैठकको एजेण्डाको विषयमा छलफल गर्नुपर्ने माग गरेपछि राजेन्द्र आवश्यक नरहेको भन्दै जंगिएका थिए,’ स्रोतले भन्यो, ‘त्यसपछि उहाँहरु दुई जनाबीच १० मिनेटभन्दा बढी चर्काचर्की नै भयो।’
उपेन्द्र र राजेन्द्रबीच चर्काचर्की भएपछि अन्तिम समयमा आएर आज साढे ११ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा बस्न लागेको कार्यकारिणी समितिको बैठक स्थगित भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij