२०८२ माघ १२ गते सोमवार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसद् रमेश लेखकले आज संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा दिएको जवाफमा आफ्नो चित्त नबुझेको बताएका छन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री लामिछानेबारे जवाफ दिएका थिए ।
प्रतिनिधि सभामा बैठकमा बोल्दै लेखकले लामिछानेमाथि उठेका प्रशनको विषयमा प्रधानमन्त्रीले दिएको जवाफमा चित्त नबुझेको बताए ।
उनले भने, ‘विवादास्पद मन्त्री भएपछि राजिनामा दिने चलन छ । खै त गृहमन्त्रीले राजिनामा दिएको खै ? प्रधानमन्त्रीलाई गलत सूचना दिइदै छ । उहाँलाई जानकारी नै छैन ।’
लेखकले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘प्रधानमन्त्री ज्यू पोखरा जादा तपाईंले पीडित भेटेको हो होइन ?’ पीडितले जाहेरी दिएका छन् । प्रधानमन्त्री अँध्यारोमा हुनुहुन्छ ।’
उनले अन्य मन्त्रीहरूमाथि प्रश्न उठेपछि राजिनामा दिएको सूची नै सभामुखसामु प्रस्तुतसमेत गरे । यसैबीच लेखकले सो विषयमा छानबिन समिति गठन गरेर छानविन गर्न माग गरेका छन् ।
उनले भने, ‘छानबिन समिति गठन गरौँ । दूधको दूध पानीको पानी छर्लङ्ग हुन्छ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij