Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

नेपा: एप सार्वजनिक

नेपा: एप सार्वजनिक


  • 358
    Shares

    नेपा: एप सार्वजनिक

    काठमाडौं । नेपाली प्रयोगकर्ताको आवश्यकतालाई केन्द्रमा राख्दै विकास गरिएको नेपा: एप सार्वजनिक गरिएको छ। नेपाली एप्लिकेसनहरू मध्ये आकर्षक डिजाइन, प्रयोगकर्ता-मैत्री इन्टरफेस र उच्च सुरक्षाका कारण नेपास् एप विशेष बनेको दाबी गरिएको छ।

    स्लो इन्टरनेटमा पनि सहजै चल्ने भएकाले देश–विदेशमा रहेका नेपालीका लागि यो एप उपयोगी रहने विश्वास गरिएको छ।

    नेपास् एपमा सजिलो नेपाली पात्रो (पञ्चाङ्ग सहित) उपलब्ध छ। साथै, विश्वसनीय स्रोतबाट ताजा समाचार, आफूलाई मनपर्ने विषयअनुसार समाचार पढ्ने सुविधा, जिल्लागत समाचार तथा प्रयोगकर्ताको लोकेसनका आधारमा नजिकका घटनाक्रमतुरुन्तै प्राप्त गर्न सकिन्छ।

    यस एपमार्फत देशभरका नेपाली एफएम रेडियो सुन्न सकिने व्यवस्था छ। मनोरञ्जन र जानकारीका लागि नेपाली भिडियो तथा रिल्स पनि समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई एउटै प्लेटफर्ममा समाचार, सूचना र मनोरञ्जनको अनुभव दिन्छ।

    डिजिटल युगमा नेपाली भाषामा भरपर्दो सामग्री खोज्ने प्रयोगकर्ताका लागि नेपास् एप एक प्रभावकारी समाधानका रूपमा आएको छ। एप सरल, छिटो र सुरक्षित भएकाले सबै उमेर समूहका प्रयोगकर्ताले सजिलै प्रयोग गर्न सक्ने जनाइएको छ । 

    प्रकाशित मिति :माघ १२ २०८२ सोमवार - १४:२९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij