Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

नेसपाको केन्द्रीय समिति बैठक बस्दै

नेसपाको केन्द्रीय समिति बैठक बस्दै


  • 2.0K
    Shares

    नेसपाको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा) को केन्द्रीय समिति बैठक बिहान ११ बजे जडीबुटीमा बस्ने भएको छ ।

    पार्टी विभाजन भएपछि संगठन सुदृढीकरण, महाधिवेशनको तयारी र अध्यक्ष महिन्द्र राय पक्षधर नेताहरूलाई जिम्मेवारी मुक्त गर्ने लगायत एजेन्डा रहेको केन्द्रीय कार्यालयका प्रमुख रोशन पोखरेलले बताए । 

    आइतबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले महिन्द्र पक्षीय नेताहरूको जिम्मेवारी मुक्त गर्ने निर्णय गर्दै माओवादी केन्द्रसँग एकता गर्ने सहमति खारेज गरेको थियो ।

    ‘केन्द्रीय कार्यकारिणी समितिले तय गरेका एजेण्डाको विषयमा निर्णय लिन केन्द्रीय समिति बैठक बोलाइएको हो । पार्टी विधान, विधि र प्रक्रियाविपरित गतिविधि गर्ने नेताहरूको जिम्मेवारी मुक्त, महाधिवेशनको तयारी, संगठन विस्तार लगायत विषयमा निर्णय हुन्छ’, उनले भने ।

    शनिवार महिन्द्र पक्षीय नेताहरूले प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको थियो ।

     

    प्रकाशित मिति :चैत्र ५ २०८० सोमवार - ११:३८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij