Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

पुरानो पुस्ताको जिम्मेवारीलाई अब नयाँ पुस्ताले काँध थाप्ने आँट गर्नुपर्छ : सुनिता डंगोल

पुरानो पुस्ताको जिम्मेवारीलाई अब नयाँ पुस्ताले काँध थाप्ने आँट गर्नुपर्छ : सुनिता डंगोल


  • 2.3K
    Shares

    पुरानो पुस्ताको जिम्मेवारीलाई अब नयाँ पुस्ताले काँध थाप्ने आँट गर्नुपर्छ : सुनिता डंगोल

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पुरानो पुस्ताले लिएको जिम्मेवारीलाई अब नयाँ पुस्ताले काँध थाप्ने आँट गर्नुपर्ने बताएकी छिन्।  शनिवार काठमाडौंमा नित्या रञ्जना युनिकोडको विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।

    उनले पुरानो पुस्ताले पनि नयाँ पुस्तालाई सम्मान र प्रोत्साहन दिनुपर्ने बताइन् । उनले आज राम्रो हुने बित्तिकै विगतलाई नबिर्सिन आग्रह गरीन् । देशको राजनीति र विकासमा नयाँ पुस्ता आउन जरुरी रहेको बताइन् । राजनीतिमा आउने पुस्ताले पुरानाहरुलाई उत्तिकै सम्मान दिनुपर्ने बताइन् । उनले रञ्जना लिपी जस्तै अन्य पुराना लिपीहरुको पनि संरक्षण गर्न आवश्यक रहेको बताइन् । उनले पुराना लिपीहरु लोप हुँदै गएको भन्दै त्यसलाई ब्युँताउन हरेक स्थानीय सरकारको भुमिका रहने बताइन् ।

    आजको सार्वजनिक गरिएको रञ्जना युनिकोड फन्ट विश्वका लागि निःशुल्क हुनेछ । सँगै देवनागरी युनिकोडका साथै नेवा युनिकोडमा पनि उपलब्ध हुनेछ । यो सबैभन्दा उन्नत र राम्रोसँग डिजाइन गरिएको रञ्जना फन्ट रहेको  बताइएको छ । जुन स्क्रिन, प्रिन्टिङ र वेबका लागि पनि अनुकुलित छ । आधुनिक युगमा लिपीको संरक्षण र प्रवद्र्धन गर्न क्यालिजात्रा फाउण्डेशन र भारतको फन्ट डिजाइन कम्पनी इके टाइपको सहयोगमा रञ्जना युनिकोड फन्टको विकास गरिएको बताइएको छ ।
    – न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :चैत्र ४ २०८० आइतवार - ०७:५८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij