Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

कांग्रेसले रविलाई प्रधानमन्त्री अफर गरेको रेकर्ड सुरक्षित छ - डीपी अर्याल

कांग्रेसले रविलाई प्रधानमन्त्री अफर गरेको रेकर्ड सुरक्षित छ - डीपी अर्याल


  • 4.0K
    Shares

    कांग्रेसले रविलाई प्रधानमन्त्री अफर गरेको रेकर्ड सुरक्षित छ - डीपी अर्याल

    रास्वपाका उपसभापति एवं श्रममन्त्री डोलप्रसाद अर्याल (डीपी)ले सभापति रवि लामिछानेलाई कांग्रेसबाट आएको प्रधानमन्त्री प्रस्तावको अडियो रेकर्ड सुरक्षित रहेको दाबी गरेका छन् ।

    प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै अर्यालले कांग्रेसबाट आएको प्रस्तावको टेलिफोन वार्तालापको अडियो सुरक्षित रहेको दाबी गरेका हुन् । आवश्यक परेको दिन यो रेकर्ड बाहिर ल्याउने पनि उनले बताए । 

    ‘हामीले क्याबिनेटको प्रधानमन्त्रीसँग बार्गेनिङ गर्ने हो । प्रधानमन्त्रीको प्रस्ताव आयो भनेर सञ्चारमाध्यमले उल्लेख गरेकै हुन्’, सञ्चारकर्मीले प्रस्तावबारे सोध्दा उनले भने, ‘यस्ता विषयमा गोपनीयता महत्त्वपूर्ण हुन्छ । स्रोत तपाईंहरूले खुलाएको भए हुन्थ्यो । टेलिफोन कन्भरसेसन रेकर्ड नै छ । आवश्यक परेर कुनै दिन निकाल्नुपरे हामी निकाल्छौं ।’

    कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेको दाबी गर्दै रविले प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं गृहमन्त्री लिएका थिए । कांग्रेसले पनि यो विषयलाई अस्वीकार गरेको थियो । गृहमन्त्रीमा दबाब बढाउन रविले कांग्रेस कार्ड फ्याँकेको कांग्रेसको भनाइ छ ।

    प्रकाशित मिति :चैत्र २ २०८० शुक्रवार - १६:०८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij