Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

यो सरकार देश र जनताको हितमा काम गरुन्जेल टिक्छ : सन्तोष परियार

यो सरकार देश र जनताको हितमा काम गरुन्जेल टिक्छ : सन्तोष परियार


  • 2.6K
    Shares

    यो सरकार देश र जनताको हितमा काम गरुन्जेल टिक्छ : सन्तोष परियार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यो सरकार देश र जनताको हितमा काम गरुन्जेल टिक्ने बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले वर्तमान सरकार देश र जनताको हितमा काम गरुञ्जेल टिक्ने बताएका हुन् ।

    उनले सरकार संविधानले व्यवस्था गरे अनुरुपको जनताको अधिकार सुनिश्चित गर्ने बाटोमा रहेसम्म रहिरहने बताए । उनले वर्तमान राजनीतिक व्यवस्था, समावेशिता तथा कानून निर्माणको सम्बन्धमा प्रश्न उठेपछि नयाँ सरकार बनाउन रास्वपाले पहलकदमी लिएको बताए ।

    उनले गृहमन्त्री रवि लामिछानेमाथि आरोप लागेको भरमा प्रश्न उठाउने नैतिकता कसैको नभएको बताए । उनले गृहमन्त्री लामिछानेलाई प्रश्न गर्नेहरुले नै प्रधानमन्त्री पदको अफर गरेको भन्दै सो प्रश्नको कुनै गाम्भिर्यता नभएको बताए ।
    – न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :चैत्र १ २०८० बिहिवार - ०८:३७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij