Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

रञ्जिताको प्रेसर बढेर अस्पताल भर्ना भएपछि नाउपाको बैठक स्थगित

रञ्जिताको प्रेसर बढेर अस्पताल भर्ना भएपछि नाउपाको बैठक स्थगित


  • 3.0K
    Shares

    रञ्जिताको प्रेसर बढेर अस्पताल भर्ना भएपछि नाउपाको बैठक स्थगित

    धनगढी । नागरिक उन्मुक्ति पार्टी (नउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

    सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताको विषयमा असन्तुष्टि जनाएकी श्रेष्ठले सोमबार दिउँसो १ बजे कैलालीको टीकापुरमा केन्द्रीय कार्यसमिति बैठक बोलाएकी थिइन् । तर स्वास्थ्यमा समस्यामा आएको भन्दै उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

    पार्टीका संस्थापक रेशम चौधरीको जोडबलमा शुक्रबार नाउपाले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा थप मन्त्री पठाएको थियो । त्यसमा असन्तुष्ट श्रेष्ठले सरकारबाट फिर्ता हुन निर्देशन दिइन्, तर संसदीय दलले सुनुवाइ नगरेपछि केन्द्रीय समिति बैठक बोलाएकी थिइन् । उनले सरकारबाट फिर्ता नआएमा पार्टीको विधानअनुसार कारवाही हुने चेतावनी दिएकी थिइन् ।

    स्रोतका अनुसार श्रेष्ठले स्वास्थ्य समस्याको कारण देखाए पनि बैठक स्थगित गर्नुको कारण अर्को छ । सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गर्नुपर्ने मत बलियो देखिएका कारण श्रेष्ठले बैठक स्थगित गरेकी हुन् । श्रेष्ठ निकट सांसदहरुले नराम्रो सन्देश जाने भन्दै तत्काल फरक निर्णय नदिन सुझाव दिएका छिन् ।



    प्रकाशित मिति :फाल्गुण २८ २०८० सोमवार - १४:२१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij