Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राष्ट्रियसभा अध्यक्षको उम्मेदवार छान्न माओवादीले बोलायो पदाधिकारी बैठक

राष्ट्रियसभा अध्यक्षको उम्मेदवार छान्न माओवादीले बोलायो पदाधिकारी बैठक


  • 3.3K
    Shares

    राष्ट्रियसभा अध्यक्षको उम्मेदवार छान्न माओवादीले बोलायो पदाधिकारी बैठक

    काठमाडौँ । राष्ट्रियसभा अध्यक्षको उम्मेदवार छनोटका लागि सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले आइतबार साँझ पदाधिकारी बैठक बोलाएको छ ।

    फागुन २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिने सहमति गरेको थियो । सचिव दीनानाथ शर्माले उम्मेदवार छनोटको विषयमा निर्णय लिन अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पदाधिकारी बैठक बोलाएको जानकारी दिए । 

    उम्मेदवार ६ वर्षेबाट बनाउने कि ४ वर्षेबाट बनाउने भन्नेमा कुनै टुङ्गो नलागेको शर्माको भनाइ छ । यद्यपि ६ वर्षबाट उम्मेदवार बनाउने पार्टीभित्र धेरैको सुझाव आएको उनले जानकारी दिए । ‘राष्ट्रिय सभा अध्यक्ष ६ वर्षेबाट बनाउने कि ४ वर्षेबाट बनाउने भन्नेमा निष्कर्षमा पुगेका छैनौँ । त्यसका लागि अध्यक्षज्यूले साँझ पदाधिकारी बैठक बोलाउनु भएको छ’, उनले भने ।

    वर्तमान उपाध्यक्ष माओवादीबाट उर्मिला अर्याल रहेकी छन् । उम्मेदवार छनोटका लागि अर्यालले राजीनामा दिनुपर्ने भएकाले समस्या देखिएको छ । राजीनामा दिने वा अध्यक्षको उम्मेदवार बनाउने भन्ने विषयमा पार्टीबाट कुनै जानकारी नआएको अर्यालले बताइन् ।

    ‘पार्टीबाट अध्यक्षको उम्मेदवार बनाउने वा राजीनामा दिने विषयमा अहिलेसम्म कुनै जानकारी आएको छैन । पार्टीको निर्णय हेरेर मैलो आफ्नो धारणा बनाउँछु । अहिले नै केही भन्ने स्थिति छैन’, रातोपाटीसँग उनले भनिन् ।

    गठबन्धनको सहमति अनुसार उपाध्यक्ष एमालेको भागमा परेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल पुरा गरी २० गते बिदाइ भएपछि रिक्त पदका लागि २९ गते निर्वाचन गर्ने तयारीमा संसद सचिवालय रहेको छ । उम्मेदवार छनोटका लागि सोमबार उम्मेदवार मनोनयन दर्ता हुने सम्भावना छ ।

    प्रकाशित मिति :फाल्गुण २७ २०८० आइतवार - ११:२१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij