Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

धुपौरे र हुक्के चम्चेलाई बोक्ने ओलीलाई घिसार्ने भन्दै झलनाथले ओली माथि लगाए तीन भकारी दोष 

धुपौरे र हुक्के चम्चेलाई बोक्ने ओलीलाई घिसार्ने भन्दै झलनाथले ओली माथि लगाए तीन भकारी दोष 


  • 7.4K
    Shares

    धुपौरे र हुक्के चम्चेलाई बोक्ने ओलीलाई घिसार्ने भन्दै झलनाथले ओली माथि लगाए तीन भकारी दोष 

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आसेपासेलाई नियुक्ति गर्ने काम गरेको आरोप लगाएका छन् । काठमाडौँमा खनाल‍-नेपाल समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले ओलीकै कारण पार्टी विभाजन हुने अवस्थामा पुगेको बताएका हुन् । 

    "सामूहिक घोषणा पत्रलाई ओली सरकारले कुनै पनि पूरा गर्न सकेन । नेता र केन्द्रीय कमिटीसँग छलफल, विचार विमर्श गर्नु भएन," उनले भने, "भ्रष्टाचार व्यापक रुपमा बढेर गयो । स्वयं प्रधानमन्त्रीले त्यस्तालाई संरक्षण गर्ने कुरा अगाडि सार्न थाल्नु भयो । त्यसैले देशमा अन्यौंल बढ्दै गयो । ओलीले आफ्ना धुपौरे र आसोपासेलाई विभिन्‍न निकायमा नियुक्त गर्ने काम गर्नुभयो । पार्टीमा कुनै सल्लाह गर्नु भएन ।" 

    ओलीकै अहंकारका कारण समाजवादको दिशामा देशलाई अघि बढाउने काममा धक्का लागेको खनालको आरोप छ । समाजवादको दिशामा अगाडि बढाउने सम्भावना पैदा भएको थियो । तर, त्यो सम्भावनालाई ओली नेतृत्वको सरकारले  मनपरितन्त्र र अहंकारले ग्रस्त भएर आफ्नै खालका काम गर्न थाल्नुभो, उनले भने, "आफ्ना गुटका मान्छेलाई मात्रै राखेर क्याविनेट बनाइयो । प्लानिङ कमिसन पनि त्यसरी नै बन्यो । तीन वर्षका नीति र कार्यक्रममा कुनै सरसल्लाह रहन सकेन ।"

    उनले पछिल्लो अवधिमा ओलीले अरुको कुरा सुन्न छोडेको पनि बताए । ‘पछिल्लो अवधिमा त उहाँले पार्टीका कुरा नसुन्ने मात्रै होइन बैठक नै राख्न छोड्नु भयो,’ उनले भने, ‘दुई तीन महिनामा एकीकरण सक्ने भनेका थियौं । तर, तीन वर्षसम्म पनि पूरा हुन सकेन । पार्टीलाई बचाउन पनि सकिएन ।’ 
     
    ओलीको दमन सहेर मात्र बसेको भन्दै उनले भने, ‘हामीले संसद्मा पनि विरोध गरेनौं । कमिटीभित्र प्रश्न उठायौं । बाहिर प्रश्न उठायौं । तीन वर्ष सहेर बस्यौं । हामीले प्रश्न उठाउन थालेपछि उहाँले संसद विघटन गर्नुभयो । यो संविधानको ठाडो उल्लंघन थियो । हामीले यसकाविरुद्ध संवैधानिक र राजनीतिक लडाइँ पनि लड्यौं ।’ 
    सर्वोच्चको फैसलालाई रहस्यमय भन्दै उनले ओलीले पार्टी विभाजन, विघटनतर्फ लैजान दुस्प्रयास गरेको उनको भनाई छ ।

    प्रकाशित मिति :चैत्र ४ २०७७ बुधवार - १३:५८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij