Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

२ वर्ष प्रचण्ड, २ वर्ष ओली आलाेपालाे प्रधानमन्त्री

२ वर्ष प्रचण्ड, २ वर्ष ओली आलाेपालाे प्रधानमन्त्री


  • 4.0K
    Shares

    २ वर्ष प्रचण्ड, २ वर्ष  ओली आलाेपालाे प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेसँगै पुरानो गठबन्धन विभाजन भएको छ भने नयाँ गठबन्धन निर्माण भएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)सहितको नयाँ गठबन्धन निर्माण भएको छ । यो गठबन्धनमा अन्य दललाई समेत सहभागी गराउने प्रयास प्रधानमन्त्री प्रचण्डले जारी राखेका छन् ।

    गठबन्धन हेरफेरमा प्रचण्ड

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा)लगायतलाई नयाँ गठबन्धनमा सहभागी गराउने प्रयासमा प्रचण्ड रहेका छन् । यसअघि रहेको माओवादी, नेपाली कांग्रेससहितको पुरानो गठबन्धन विभाजन भएको छ ।

    पहिलो चरणमा माओवादी केन्द्र, एमाले र रास्वपाका तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । नेताले आपसी सहमतिमा केही दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिइने जनाएका छन् । एमालेबाट प्रमुख सचेतक रहेका पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपा उपाध्यक्ष डीपी अर्याल मन्त्रीको शपथ सोमबार लिएका छन् । नवनियुक्त तीनै जनाले बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन् ।

    मन्त्रीहरूको शपथअघि प्रधानमन्त्री निवास बालुवाटार नयाँ सत्तारूढ गठबन्धनको बैठक बसेको थियो । सोमबार यी दलको छुट्टाछुट्टै बैठक बस्दै नयाँ गठबन्धन’दयगत निर्णय गरेका थिए । बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताको सहभागिता रहेको थियो । बालुवाटार स्रोतका अनुसार अब दुई वर्ष प्रचण्ड र त्यसपछि दुई वर्ष ओली प्रधानमन्त्री हुने आन्तरिक सहमति भएको छ ।

    यस्तो छ नयाँ गठबन्धनको ८ बुँदे सहमति

    दलहरूबीच मन्त्रालयको भागबन्डा नटुंगिएकाले बिनाविभागीय मन्त्रीका रूपमा शपथ गराउने र पछि मन्त्रालय टुंगो लगाउँदै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति नेताबीच भएको थियो । मन्त्रीको भागबन्डलगायत विषयमा टुंगो लगाउन एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, रास्वपाका सभापति लामिछाने र जसपा अध्यक्ष यादव रहेको एक समितिसमेत गठन भएको छ ।

    २०७९ सालको निर्वाचनमा पाँच दलीय गठबन्धन गरेर निर्वाचनमा सहभागी भएका प्रचण्डले पहिलो चरणमा प्रधानमन्त्री बन्न खोजेका थिए । पुरानो गठबन्धनमा भएको सहमतिअनुसार प्रचण्ड दुई वर्ष, माधवकुमार नेपाल एक वर्ष र देउवा दुई वर्ष क्रमशः प्रधानमन्त्री बन्ने सहमति भएको थियो । सोही सहमतिअनुसार प्रचण्ड पहिलो चरणमा प्रधानमन्त्री बन्न खोजेका थिए ।

    तर, कांग्रेसले साथ नदिएपछि उनी गठबन्धन फेर्दै एमालेको समर्थनमा १० पुसमा प्रधानमन्त्री नियुक्त भए । एमाले, रास्वपा, राप्रपा, जसपालगायतको साथ त्यति बेला उनले पाए । प्रतिनिधिसभामा २६ पुसमा प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिएपछि त्यति बेलाको गठबन्धन फेरि विभाजन हुने आँकलन गरिएको थियो । र प्रचण्डले दुई महिनामा एमालेसँगको गठबन्धन तोड्दै निर्वाचन ताकाको कांग्रेससहितको गठबन्धनमा फर्किए ।

    १५ फागुनमा एमाले सरकारबाट बाहिरियो । त्यसअघि नै २४ माघमा रास्वपा सरकारबाट बाहिरिएको थियो भने राप्रपा पनि एमालेभन्दा अघि नै सरकारबाट बाहिरिएको थियो । प्रधानमन्त्री प्रचण्डले त्यसपछि कांग्रेस, एकीकृत समाजवादी, जसपालाई समेटेर १७ चैतमा सरकारको विस्तार गरेका थिए ।

    तर, पछिल्लो समय कांग्रेस महासमितिको निर्णय, राष्ट्रिय सभामा कोशी प्रदेशको अप्रत्यासित परिणाम, राष्ट्रिय सभाको अध्यक्षलगायतका विभिन्न कारणले कांग्रेससहितको गठबन्धन तोड्दै प्रचण्ड एमालेसँग सहकार्य गर्न पुगेका हुन् ।

    प्रकाशित मिति :फाल्गुण २२ २०८० मंगलवार - १४:१८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij