Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

माधव नेपाललाई फकाउन नारायणकाजीलाई लिएर कोटेश्वर पुगे प्रचण्ड

माधव नेपाललाई फकाउन नारायणकाजीलाई लिएर कोटेश्वर पुगे प्रचण्ड


  • 3.2K
    Shares

    माधव नेपाललाई फकाउन नारायणकाजीलाई लिएर कोटेश्वर पुगे प्रचण्ड

    काठमाडौं । विकसित राजनीतिक परिस्थितिका कारण कांग्रेस सत्ताविमुख भएको छ। कांग्रेसमात्रै नभएर माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पनि सरकारबाट हात धुनुपर्ने अवस्थामा पुगेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता सहकार्यको लागि फेरि एकपटक सहमति गरेपछि माधव नेपाल सत्ता राजनीतिबाट आउट भएका हुन् । तर, ओलीसँगको छलफल र सहमतिपछि प्रधानमन्त्री प्रचण्ड माधव नेपाललाई पनि सरकारमा सहभागी गराउनेगरि मुभ भएका छन् ।

    अहिले उनी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई लिएर माधव नेपालको निवास कोटेश्वरमा पुगेका छन् । माधव नेपाल केही दिनदेखि अस्वस्थ छन् । भेटमा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने विषयमा छलफल भएको स्रोतको दाबी छ ।

    प्रकाशित मिति :फाल्गुण २१ २०८० सोमवार - २०:३२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij