२०८२ भाद्र ७ गते शनिवार
काठमाडौँ । २६ वर्षमा अर्थात बेहुलो बन्ने उमेरमा सांसद बनेका नेकपा एमालेको नेता समेत रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर लिएर ससुराली गएका छन् । केही समयअघि आफूभन्दा आधा उमेर कान्छी युवतीसँग विवाह बन्धनमा बाँधिएका राई श्रीमतीका साथ् हेलिकप्टर चार्टर गरेर आज बिहान सबेरै ससुराली संखुवासभा पुगेका हुन् ।
राई दम्पत्ति हेलिकप्टर अगाडि मख्ख परेर उभिएको फोटो सार्वजनिक भएको छ । राईकी श्रीमती जाङ्ग्मु इन शेर्पाले फेसबुकमा फोटो शेयर गर्दै हेलिकप्टर चढेर माइती हिँडेको जानकारी गराएकी छन् । ‘भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो ! म त जन्मिएको मात्रै,मेरो गाउँ अति नै सुन्दर रहेछ !! सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो,धेरै खुशी लाग्यो !’, उनले लेखेकी छन् ।
आफूहरु हेलिकप्टर लिएर पुगेका उनीहरुले गाउँको विकास नभएकोमा दुखेसो गरेका छन्। शेर्पाले अगाडि लेखेकी छन्, ‘मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महसुस गरें, किनकि त्यहाँ सडक, बिधुत,शिक्षा,स्वास्थ्य र सञ्चारलगायतको पहुँचले जनतालाई जोड्न बाँकी रहेछ, अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ !!!! सबैप्रति हार्दिक आभार ब्यक्त गर्दछु !!!’
प्रधानमन्त्री ओलीनिकट भएकै कारण आफूभन्दा सिनियरलाई पछि पारेर मुख्यमन्त्री बनेका राई अविवाहित थिए । ५० वर्ष पुगेका राईले केही समयअघि भर्खर २५ वर्ष पुगेकी शेर्पासंग तामझामका साथ् विवाह गरेका थिए । उनको विवाह समारोहमा देखिएको तामझामप्रति धेरैले आलोचना पनि गरेका थिए । वालुवाटारमा प्रधानमन्त्री ओलीले आयोजना गरेको चियापान बंक गरेर राई ससुराली पुगेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij