Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

रुकुममा प्रचण्डकी अर्की छोरीको चर्चा

रुकुममा प्रचण्डकी अर्की छोरीको चर्चा


  • 2.7K
    Shares

    रुकुममा प्रचण्डकी अर्की छोरीको चर्चा
    images

    काठमाडौं । दुनियाँले थाहा पाएको त माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका तीन वटी छोरी छन् भन्ने मात्रै हो । जसमा जेठी छोरी ज्ञानु केसी दाहालको मृत्यु भएपछि अहिले रेनु र गंगा दाहाल छन् तर रुकुम पश्चिमको माओवादी बैठकमा अर्की छोरीको चर्चा भएको छ । कर्णाली प्रदेश समिति अध्यक्ष तथा पूर्वमन्त्री बिमला केसी  छोरी बनेको भन्दै चर्को आलोचना भएको छ । उपमहासचिव जनार्दन शर्माले फरक मत राखेबापत केही समयअघि बसेको स्थायी समिति बैठकले आत्मआलोचना गर्न अह्राउँदा उनले मानेका थिएनन् ।

    बैठकलगत्तै शर्मा गृह जिल्ला रुकुम पश्चिम आएर पार्टी नेतृत्व, सहिद परिवार, घाइते, अपांगलगायतसँग एक हप्ता लामो छलफलमार्फत आगामी यात्राबारे सुझाव माग गरे । बैठकले शर्माले राखेको विषय सही रहेको र यस मुद्दामा एकमत भएर साथ दिने सन्देश दियो । जसमा ६ वटै पालिका समितिको छुट्टाछुट्टै बैठकदेखि जिल्ला समन्वय समिति रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्ने प्रदेश समिति र केन्द्रीय समितिका पदाधिकारीको सहभागिता थियो । सोही क्रममा साउन २८ गते जिल्ला समितिको विस्तारित बैठक बस्दा बिमला केसीको चर्को आलोचना भएको हो । 

    बैठकमा नेताहरूले बिमला प्रचण्डको अर्को छोरी बनेर अवसर लिन खोजिरहेको भन्दै चर्को विरोध गरेका थिए । ‘बिमला प्रचण्ड गुटको नेता हो कि उनको अर्को छोरी हो ?’ एक नेताले प्रश्न गर्दै भने, ‘अब उनको एक एक भण्डाफोर हुन्छ ।’ विद्यार्थी, वाइसियल तथा प्रेस सेन्टरको चुनावमा बिमला प्रचण्ड टिमतिर लागेर रुकुमका धेरै नेतालाई हराएको भन्दै आत्मआलोचना गराउने र साइजमा ल्याउनेबारे बैठकमा कुरा उठेको श्रोतको भनाइ छ । त्यस्तै बिमलाले पार्टी चलाउन छोडेर प्रचण्डको क्वार्टरमा डेरा जमाउने, प्रचण्डसँग फोटो खिचेर फेसबुकमा हाल्ने र रुकुममा नेतृत्वलाई विभाजन गर्न प्रयास गर्ने भन्दै कडा आलोचना भएको थियो । 

    बैठकमा बिमला प्रचण्डतिर लागेकोले नआएको हो कि भनेर प्रश्न उठेपछि जिल्ला संयोजक सचिन रोकाले क्याम्पसको परीक्षा भएका कारण आउन नसकेको जानकारी गराएका थिए । (जनआस्था साप्ताहिकको भदौ ४ गते बुधबारको अंकमा प्रकाशित)

    प्रकाशित मिति :भाद्र ७ २०८२ शनिवार - १४:११:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij