Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

भियतनामकी उपराष्ट्रपति सुआन काठमाडौँमा

भियतनामकी उपराष्ट्रपति सुआन काठमाडौँमा


  • 274
    Shares

    भियतनामकी उपराष्ट्रपति सुआन काठमाडौँमा
    images

    काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज (शनिबार) काठमाडौँ आइपुगेकी छन्।

    उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन्। उनी दिउँसो १२:३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेकी थिइन्।

    उपराष्ट्रपति सुआनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गरे।

    त्यस अवसरमा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्ति उपस्थित थिए।

    उपराष्ट्रपति सुआनले उनको सम्मानमा नेपाली सेनाले प्रदान गरेको गार्ड अफ अनरको निरीक्षण गरिन्। उनीसँग आजै परराष्ट्रमन्त्री डा राणाले शिष्टाचार भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार भियतनामकन तर्फबाट यो पहिलो उच्चस्तरीय भ्रमण हो।

    भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच भदौ ८ प्रतिनिधिमण्डलीय द्विपक्षीय वार्ता हुने मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिएका छन्।

    यसैगरी उपराष्ट्रपति सुआनले नेपालका अन्य उच्चपदस्थ व्यक्तिहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

    यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ।

    नेपाल भ्रमण सकेर उपराष्ट्रपति सुआन भ्रमण यही भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ।

    प्रकाशित मिति :भाद्र ७ २०८२ शनिवार - १४:३७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij