Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर


  • 330
    Shares

    यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ। शुक्रबार यसको भाउ एकको खरिदर १३९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९४ पैसा थियो।

    युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा तोकिएको छ। शुक्रबार यसको भाउ एकको खरिदर १६२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०२ पैसा थियो।

    अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७०  पैसा र बिक्रीदर ९० रुपैयाँ ०८ पैसा तोकिएको छ। शुक्रबार यसको भाउ एकको खरिददर ८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ८९ रुपैयाँ ९८ पैसा थियो।

    युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।

    क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ ४४ पैसा र बिक्रीदर १०० रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिदर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ २८ पैसा र बिक्रीदर चार रुपैयाँ ३० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३३ रुपैयाँ २० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४ रुपैयाँ ५६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७१ पैसा र बिक्रीदर २१ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिदर १७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७ रुपैयाँ ९६ पैसा, कुवेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४५८ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३७०  रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७२ रुपैयाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैैयाँ ०१ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५७ पैसा रहेको छ । 

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

    प्रकाशित मिति :भाद्र ७ २०८२ शनिवार - ०९:१६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij