Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

‘कसैको सदस्यता खोसेको पनि छैन र खोस्नुपर्ने आवश्यकता पनि छैन ’ : प्रधानमन्त्री ओली

‘कसैको सदस्यता खोसेको पनि छैन र खोस्नुपर्ने आवश्यकता पनि छैन ’ : प्रधानमन्त्री ओली


  • 428
    Shares

    ‘कसैको सदस्यता खोसेको पनि छैन र खोस्नुपर्ने आवश्यकता पनि छैन ’ :  प्रधानमन्त्री ओली
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खोसिएको भन्ने भण्डारीको आरोपमा सत्यता नभएको बताएका छन् । 

    शुक्रबार पार्टी कार्यालयमा आजपाका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले भण्डारीले छोडेको सदस्यता नवीकरण नहुने बताए । 

    ‘अहिले पार्टीभित्र कहाँ के ? च्यासलले सदस्यतामा प्रश्न उठायो भनेको सुनिरहनुभएको छ’, उनले भने,‘कसैको सदस्यता खोसेको पनि छैन र खोस्नुपर्ने आवश्यकता पनि छैन ।’

    ओलीले यस विषयमा कोही पनि भ्रममा पर्न नहुने बताए । ‘पूर्वराष्ट्रपतिको सदस्यता खोसेको होइन, भ्रम नपरोस् । उहाँले सदस्यता छाडेर राष्ट्रपति हुन जानुभएको हो । छोडेको सदस्यता नवीकरण हुँदैन, भइरहेको मात्र नवीकरण हुन्छ’, ओलीले भने, ‘कसैको सदस्यता छैन भने नवीकरण हुन्छ र ?’

    अध्यक्ष ओलीले २ पटक राष्ट्रपति भइसकेको व्यक्तिले पार्टीमा यस्तो समस्या खडा गर्नुहुन्छ भन्ने आफूले कल्पना समेत नगरेको बताएका छन् । 

    ओलीले भने, ‘मदन भण्डारीको अर्को वर्षको जन्मदिन मनाउन अहिलेदेखि पार्टी कार्यालय खोलेर पार्टीविरुद्ध भेला गरेर बसेको देखिन्छ’,  ‘पार्टीको एकतामा बल पुर्‍याउनुपर्नेमा असन्तुष्टहरूको भेला गरेर कुदिरहनुभएको छ ।’

    प्रकाशित मिति :भाद्र ६ २०८२ शुक्रवार - १६:५१:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij