Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

माओवादीले जितेका पालिका कार्यसम्पादनमा अब्बल

माओवादीले जितेका पालिका कार्यसम्पादनमा अब्बल


  • 11.3K
    Shares

    माओवादीले जितेका पालिका कार्यसम्पादनमा अब्बल

    गुल्मी । गुल्मीमा नेकपा माओवादी केन्द्रले जितेका पालिका कार्यसम्पादनमा अब्बल देखिएका छन् । ०७९ सालमा गुल्मीमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले चार पालिकाका अध्यक्ष जितेको थियो । जसमा चारै पालिका कार्यसम्पादनमा उत्कृष्ट देखिएको विभिन्न तथ्याङ्कहरुले देखाएको छ । बुधबार मात्रै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक बर्ष २०७९–८० को कार्यसम्पादन मूल्याकंनको आधारमा पालिकाहरुले प्राप्त गरेको अंक सार्वजनिक ग¥यो । जसमा गुल्मीको मालिका गाउँपालिका देशभरकै ४६० गाउँपालिकामध्येमा प्रथम एवं देशभरका ७५३ पालिकामध्ये तेस्रो स्थान हाँसिल ग¥यो । मालिकाले कुल ५५.४ं अंक प्राप्त गरेको छ ।

    आयोगले विभिन्न १७ सूचिको आधारमा मूल्याकंन गरेको हो । जसमा असार १० गतेभित्र बजेट पेश गरे–नगरेको, असार मसान्तभित्र बजेट पारित गरे–नगरेको, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग गरे–नगरेको लगायतका रहेका छन् । त्यसैगरी आवधिक योजना तर्जुमा गरे–नगरेको, चारपटक गर्भ जाँच गरेका महिलाको अनुपात, कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर लगायतका सूचकहरुको आधारमा आयोगले पालिकाहरुलाई अंक दिएको हो । माओवादी केन्द्रबाट विजयी मालिका गाउँपालिकाका अध्यक्ष ४४ बर्षिय देविराम अर्याल हाल पार्टीको लुम्बिनी प्रदेश कमिटीमा सदस्य छन् । उनले ०७९ को निर्वाचनमा एमालेका रित बहादुर थापालाई एक हजार ५५९ मतान्तरले पराजित गर्दै पालिका अध्यक्षमा विजयी भएका थिए । ‘लामो समय पार्टीमा पूर्णकालिन कार्यक्रता भएर काम गर्दा नागरिकका समस्यालाई नजिकबाट चिन्न पाएको थिए ।’ अर्यालले भने, ‘अहिले त्यसैलाई सरकार प्रमुखको हैसियले कार्यान्वयन गर्न खोजेको हुँ ।’ उनले यो सफलताले आफु र टिमको बनोबल उच्च भएको प्रतिक्रिया दिए ।

    आयोगले सार्वजनिक गरेको सूचिमा गुल्मीको चन्द्रकोट गाउँपालिका देशभरका गाउँपालिका मध्ये तेस्रो र ७५३ स्थानीय तहमध्ये दशौँ स्थानमा छ । चन्द्रकोटले कुल ५२.५७ अंक प्राप्त गरेको छ । माओवादीबाट निर्वाचित चन्द्रकोटका अध्यक्ष ४२ बर्षिय युवराज केसी हाल नेकपा माओवादी केन्द्र गुल्मी जिल्ला समन्वय समितिको अध्यक्षको जिम्मेवारीमा छन् । उनी पनि माओवादीले संचालन गरेको शशस्त्र युद्धका पूर्णकालिन कार्यक्रता हुन् । ‘यो सफलता टिमवर्ककको कारणले सम्भव भएको हो ।’ उनले भने, ‘नागरिकका साना–साना समस्याको समाधान गर्न ध्यान केन्द्रीत गरेको छु ।’ चन्द्रकोट गाउँपालिका संस्थागत क्षमता स्वमूल्याकंनमा देशभरमै १८ एवं लुम्बिनी प्रदेशमा चौथो स्थानमा आएको अध्यक्ष केसीले जानकारी दिए ।

    गुल्मीको रेसुङ्गा नगरपालिका देशभरका नगरपालिकामध्ये तेस्रो स्थान हाँसिल गरेको छ । नगरपालिकामा काँग्रेसका जिल्ला सभापति समेत रहेका खिलध्वज पन्थीले मेयर पदमा जित हाँसिल गरेका थिए । वित्त आयोगका अनुसार नगरपालिकाले ५०.०३ अंक प्राप्त गरेको छ ।

    केही समय पहिले सार्वजनिक भएको संस्थागत क्षमता स्वमूल्याकंनको नजितामा धुर्कोट गाउँपालिका ९३.७५ अंक प्राप्त गर्दै प्रथम, रुरुक्षेत्र गाउँपालिका ९३.२५ अंक प्राप्त गर्दै द्धितिय र चन्द्रकोट गाउँपालिका ९१.२५ अंक प्राप्त गर्दै तृतिय भएका छन् । तीनओटै पालिकाका अध्यक्ष माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल हाल नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदश कमिटीका सदस्य छन् । उनको पालिका अध्यक्षमा यो दोस्रो कार्यकाल हो ।

    चार बर्ष अगाडी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पोखरेलले नेतृत्व गरेको धुर्कोट गाउँपालिका कार्यसम्पादनमा देशभरमै तेस्रो भएको थियो । ‘पालिकामा केही राम्रा कामको थालनी भएको छ । त्यसैको परिणाम केही सूचकहरुमा अगाडी छौँ ।’ पोखरेलले भने, ‘पार्टीको नागरिक केन्द्रीत नीतिलाई कार्यान्वयन गर्ने प्रयास गरेको छु ।’ उनले पालिकाका अन्य जनप्रतिनिधि, कर्मचारी, नागरिक सबैको सहयोगमा यो सफलता हाँसिल गरेको बताए । पोखरेल पार्टी युद्धमा होमिदाका पूर्णकालिन कार्यक्रता हुन् ।

    स्थानीय तह वित्तीय तह सुशासन जोखिम मूल्याकंनमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका लुम्बिनी प्रदेशमै उत्कृष्ट बनेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डेका अनुसार रुरुक्षेत्रले ९५.५५ अंक प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रबाट ३५ बर्षिय यदु ज्ञवाली रुरुक्षेत्रको गाउँपालिकाको अध्यक्ष छन् । अध्यक्ष ज्ञवाली पनि माओवादी युद्धका पूर्णकालिन कार्यक्रता हुन् । पार्टी निकट विद्यार्थी संगठनको सदस्य, अध्यक्ष हुँदै केन्द्रीय कमिटीसम्म पुगेका ज्ञवाली हाल पार्टीको जिल्ला समन्वय समिति सचिवालय सदस्य छन् । ‘यो सबै जनप्रतिनिधि र कर्मचारीको आपसी समन्वयले प्राप्त गरेको सफलता हो ।’ उनले भने, ‘आगामी साढे तीन बर्षमा अझ धेरै जनमुखी काम गर्ने चाहाना छ ।’ ज्ञवालीले कागजपत्रमा अंक प्राप्त गर्नेभन्दा पनि नागरिकका दैनिकी बदल्ने काम गर्नु अहिलेको आवश्यकता रहेको बताए । उक्त मूल्याकंनमा दोस्रो र तेस्रो पनि माओवादीले नेतृत्व गरेका पालिका रहेका छन् । जसमा ९४.५ अंक प्राप्त गर्दै धुर्कोट दोस्रो र ८८.५ अंक प्राप्त गर्दै चन्द्रकोट तेस्रो भएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

    प्रकाशित मिति :फाल्गुण ११ २०८० शुक्रवार - ०५:२४:४० बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij