Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ढुङ्गो बोल्ला तर देउवा नबोलीदिए पछि रामचन्द्रलाई परेछ यस्तो आपत्, सत्तामा देउवा किन मौन ?

ढुङ्गो बोल्ला तर देउवा नबोलीदिए पछि रामचन्द्रलाई परेछ यस्तो आपत्, सत्तामा देउवा किन मौन ?


  • 7.0K
    Shares

    ढुङ्गो बोल्ला तर देउवा नबोलीदिए पछि रामचन्द्रलाई परेछ यस्तो आपत्, सत्तामा देउवा किन मौन ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवा अब पनि अनिर्णय र ढुलमुलको अवस्थामा रहन नहुने बताएका छन् । 

    मंगलबार बिहान प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सभापति देउवा अव अनिर्णय र ढुलमुलको अवस्थामा रहन नहुने बताएका हुन् । 

    पौडेलले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढालेर नयाँ सरकार बनाउनु पर्ने बताए । त्यसका लागि अब कांग्रेसले नै अग्रसरता लिनु पर्ने उनको भनाइ छ । 

    पौडेलले सभापति देउवाको पछिल्लो समयको मौनता रहस्यमय भएको पनि बताए । ‘कांग्रेस अनिर्णयको बन्दी हुनुमा सभापति जिम्मेबार छन्,’ उनले भने, ‘कांग्रेस अहिले अनिर्णयको बन्दी भइरहेको आरोप लागेको छ । देउवाजीको अहिलेको उदासीनता रहस्यमय लागिरहेको छ ।’

    राष्ट्रमा अहिले राजनीतिक अराजकता बढिरहेको उनले बताए । पौडेलले कांग्रेसले माओवादी केन्द्र र जसपालाई साथमा लिएर ओली सरकार ढाल्नु पर्ने बताए । 

    ‘संसद विघटनजस्तो असंवैधानिक निर्णय गर्ने ओलीलाई अब प्रधानमन्त्रीबाट हटाउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि कांग्रेसकै अग्रसरतामा माओवादी केन्द्र र राजपालाई मिलाएर नयाँ सरकार बनाउनुपर्छ ।’

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - १२:५१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij