Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

नक्कली भ्याट बिल प्रकरणः भाटभटेनी दोषी ठहर, कम्तिमा २ अर्ब तिर्नुपर्ने

नक्कली भ्याट बिल प्रकरणः भाटभटेनी दोषी ठहर, कम्तिमा २ अर्ब तिर्नुपर्ने


  • 3.1K
    Shares

    नक्कली भ्याट बिल प्रकरणः भाटभटेनी दोषी ठहर, कम्तिमा २ अर्ब तिर्नुपर्ने

    सर्वोच्च अदालतको पूर्ण इजलासले पनि भाटभटेनी सुपर मार्केटलाई आयकर तथा मूल्यअभिवृद्धि कर छली प्रकरणमा दोषी ठहर गरेको छ। यो मुद्दा सर्वोच्चका न्यायाधीशहरू कुमार चुँडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासमा माघ ११ देखि निरन्तर सुनुवाइ भइरहेको थियो।

    पूर्ण इजलासले पनि २०७६ पुस २८ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासकै फैसला सदर गरेको हो। भाटभटेनीले नक्कली भ्याटबिल प्रयोग गरेर चारवटा आर्थिक वर्षमा आयकर तथा मूल्यअभिवृद्धि कर छलेको सर्वोच्चको ठहर छ।

    नक्कली भ्याट बिल बनाएर कर छलेको आरोपमा राजस्व प्रशासनले भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि आर्थिक वर्ष २०६४ देखि २०६८ सम्ममा आयकर र भ्याट गरी ४५ करोड ४३ लाख रुपैयाँ कर निर्धारण गरेको थियो ।

    इजलासले शङ्कर अक्सिजन ग्यास प्रालि, अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स, एआइटी प्रालि, भाटभटेनी सुपरमार्केट प्रालि र बीएस बानियाँ स्टोरले नक्कली बिल प्रयोग गरी राजस्व छली गरेको ठहर गरेको थियो । सर्वोच्चले राजस्व न्यायाधीकरणको आदेश सदर गर्दै कम्पनीहरूलाई दोषी ठहर गरेको थियो ।

    उक्त फैसला अनुसार भाटभटेनी डिपार्टमेन्ट स्टोरले कम्तीमा एक अर्ब ३६ करोड रुपैयाँ कर र जरिवाना असुलउपर हुन्थ्यो । अहिले चार वर्ष बितिसकेकाले त्यसमा ब्याज लाग्ने हुनाले भाटभटेनीले कम्तीमा २ अर्ब रुपैयाँ तिर्नुपर्ने अवस्था आउन सक्ने बताइएको छ । 

    supreme-court-bhatbhateni_voMBFcn2e3.jpeg

    प्रकाशित मिति :माघ १६ २०८० मंगलवार - २०:४०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij