Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सर्वोच्चको न्यायाधीशमा सुवेदी र चुँडाल, उच्च अदालतका न्यायाधिशमा को-को ? (सुची-सहित)

सर्वोच्चको न्यायाधीशमा सुवेदी र चुँडाल, उच्च अदालतका न्यायाधिशमा को-को ? (सुची-सहित)


  • 11.6K
    Shares

    सर्वोच्चको न्यायाधीशमा सुवेदी र चुँडाल, उच्च अदालतका न्यायाधिशमा को-को ? (सुची-सहित)

    काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नहकुल सुवेदी र कुमार चुँडाल सिफारिस भएका छन् । उच्च अदालतका मुख्य न्यायाधीशद्वय सुवेदी र चुँडाललाई आज बसेको न्यायपरिषद् बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

    सुवेदी उच्च अदालत सुर्खेतमा मुख्य न्यायाधीश छन् भने चुँडाल वागमतीका मुख्य न्यायाधीश हुन् । सर्वोच्च अदालतमा दुई न्यायाधीश रिक्त थिए । यसपटक दुवै न्यायाधीश न्याय सेवाबाटै आएका छन् ।

    न्यायपरिषद्ले उच्च अदालतका १८जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा आज बसेको बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका दुई अधिकृत सहित जिल्ला न्यायाधीश र कानून व्यवसायीहरूबाट गरी १८ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको हो ।

    1.jpg2.jpg

    प्रकाशित मिति :फाल्गुण २८ २०७७ शुक्रवार - १५:३५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij