Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दुई उपप्रधानमन्त्री, उपसभामुख र केही मन्त्रालयमा कुरा मिलेपछि राजपाका नेता किन देउवा भेट्दैछन् ?

दुई उपप्रधानमन्त्री, उपसभामुख र केही मन्त्रालयमा कुरा मिलेपछि राजपाका नेता किन देउवा भेट्दैछन् ?


  • 44.8K
    Shares

    दुई उपप्रधानमन्त्री, उपसभामुख र केही मन्त्रालयमा कुरा मिलेपछि राजपाका नेता किन देउवा भेट्दैछन् ?

    काठमाडौं । भित्र-भित्रै प्रधानमन्त्री ओली र जसपाका संयोजक महन्थ ठाकुर बीच भएको भद्र सम्झौता बाबुराम भट्टराईका कारण तोडिएको भारपद्रो समाचार श्रोतले खबरसेन्टरलाई बताएको छ। 

    लगभग तीन बुँदामा मौखिक सहमति गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई विश्वासको मत दिने निर्णयमा पुगेको जनता समाजवादी पार्टीले संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईको ढिपीमा फरक समीकरणका लागि नेपाली कांग्रेससँग आज ४ बजे  वार्ता गर्ने भएको हो। 

    विहीबार तीन घन्टासम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा सांसद रेशम चौधरीलाई रिहा गराउने, मधेस आन्दोलनका क्रममा पक्राउ गरिएका कार्यकर्तालाई छाड्ने र लगाइएका मुद्दा फिर्ता लिने सहमति भइसकेको छ। एमालेसँग दुई उपप्रधानमन्त्री, उपसभामुख र राम्रा मन्त्रालयमा दाबी गरेको श्रोतको भनाई छ। 

    सरकारलाई समर्थन गर्नका लागि नै जसपाले शुक्रबारै विवाद बनिरहेको संसदीय दलको नेताको पनि टुंगो लगाउँदैछ। एकीकरणका बेला भएको सहमतिअनुसार राजेन्द्र महतो संसदीय दलका नेता बन्दैछन्।

    नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, कांग्रेससँगको समीकरणका लागि पहल गरिरहेका डा. भट्टराईको जोडबलका कारण बुढानिलकण्डमा सभापति शेरबहादुर देउवासँग वार्ताको तयारी भएको छ। कांग्रेसले जसपालाई प्रधानमन्त्री दिएको खण्डमा मात्रै सरकार समीकरणमा सहमति हुन सक्ने एक नेताले बताए। उनले भने,‘जसपाले तीन दलको समीकरणमा प्रधानमन्त्री नपाउने हो भने मन्त्रालय पनि राम्रा पाउने छैनन् जति एमालेसँगको समीकरणमा मिल्नेछ।’

    बालुवाटार स्रोतका अनुसार जसपाले दुई उपप्रधानमन्त्री र उपसभामुखमा पनि दाबी गरेको छ। ‘आन्दोलनका विषय, सांसद रिहाई त पूर्वसर्त हुन् तर दुई उपप्रधानमन्त्री र उपसभामुख पनि हाम्रो दाबी छ’, ति नेताले भने,‘लगभग हाम्रो एक तहको सहमति पनि बनिसकेको छ।’

    प्रधानमन्त्री ओली जसपाका पूर्वसर्त र सर्तमा सकारात्मक भएका कारण एमालेको केन्द्रीय समितिको बैठक डाकिएको छ। १ चैतमा बैठक बसी जसपासँगको सहकार्य अनुमोदन गराउँदै संसदीय दलको बैठक डाकिने एमाले स्रोतले जनाएको छ।

    प्रकाशित मिति :फाल्गुण २८ २०७७ शुक्रवार - १२:३५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij