Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओलीले देखाएको लोभको छड्के चेक गर्न जसपाका नेता देउवा भेट्दै, कसले फुकाउदैछ सत्ताको गाँठो ?

ओलीले देखाएको लोभको छड्के चेक गर्न जसपाका नेता देउवा भेट्दै, कसले फुकाउदैछ सत्ताको गाँठो ?


  • 9.1K
    Shares

    ओलीले देखाएको लोभको छड्के चेक गर्न जसपाका नेता देउवा भेट्दै, कसले फुकाउदैछ सत्ताको गाँठो ?

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् ।

    जसपा नेताहरुले शुक्रबार (आज) अपरान्ह ४ बजे प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका देउवासँग उनकै निवासमा पुगेर छलफल गर्ने साइत जुराएका छन् । ओलीले जसपाका नेताहरुलाई आश्वाशन दिएको र त्यसो बैधानिकता पुष्टी गर्न देउवालाई भेट्न लागेको श्रोतको भनाई छ । 

    ‘जसपा नेताहरुले दिउँसो ४ बजे सभापति देउवासँग भेटवार्ता गर्ने गरी कार्यक्रम तय भएका छ’, देउवाका स्वकीय सचिव भानु देउवाले पुष्टी गरेका छन् ।

    जसपा शीर्ष नेताहरुको बिहीबार बसेको बैठकले नयाँ सत्ता समीकरणका लागि एमाले, कांग्रेस र माओवादी केन्द्रसँग छलफल गर्ने निर्णय गरेको थियो।

    सोही निर्णय बमोजिम जसपा नेताहरुले बिहीबार साँझ प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसहितका एमाले नेताहरु छलफल गरेका थिए । जसपा नेताहरुले एमालेसँगको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

    यसअघि बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि जसपा नेताहरुले नयाँ सत्ता समीकरणबारे छलफल गरेका थिए ।

    प्रकाशित मिति :फाल्गुण २८ २०७७ शुक्रवार - १२:२५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij