Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

नेपालमा लगानीका लागि जापानी उद्योगी व्यवसायीलाई चेम्बरको आग्रह

नेपालमा लगानीका लागि जापानी उद्योगी व्यवसायीलाई चेम्बरको आग्रह


  • 2.6K
    Shares

    नेपालमा लगानीका लागि जापानी उद्योगी व्यवसायीलाई चेम्बरको आग्रह

    काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि जापानी उद्योगी व्यवसायीसँग आग्रह गरेको छ । नेपाल भ्रमणमा रहेको इन्टरनेशनल कोअपरेशन अर्गनाईजेनस फर स्मल एण्ड मिडियम इन्टरप्राईजेज इन एसिया आईकोसासँग काठमाडौँको जमलस्थित चेम्बर भवनमा आज आयोजित भेटवार्तामा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जापानी लगानी एवं व्यापारिक साझेदारीका लागि प्रस्ताव गरेका हुन् ।

    नेपालमा जलविद्युत, पर्यटन, औद्योगिक एवं इलेक्ट्रिक क्षेत्रमा लगानीका लागि अध्यक्ष मल्लले आग्रह गरे । आइकोसाका  अध्यक्ष डा. कुरोसे नावुहिरोसहितको प्रतिनिधीमण्डलसंग अध्यक्ष मल्लले भने, ‘नेपाल र जापानबिच आर्थिक र कूटनीतिक तवरले उच्चस्तरीय सम्बन्ध छ । लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्य समेत हो ।’ जलविद्युत, पर्यटन, उद्योग लगायतका क्षेत्रमा लगानीका लागि समेत अध्यक्ष मल्लले आग्रह गरे । 

    नेपालमा अन्तर्राष्ट्रिय लगानीका लागि लगानी बोर्डमार्फत कानुनी सुनिश्चितता भइरहेको अध्यक्ष मल्लले जानकारी समेत गराए । नेपालमा लगानीको सुनिश्चिततासँगै श्रमशक्ती पनि सस्तो भएको र यहाँ लगानी गरेर उत्पादन गर्न सकिए छिमेकी भारत र चीनमा बजार विस्तार गर्न सकिने अध्यक्ष मल्लको भनाई छ ।

    चेम्बर पदाधिकारीसँगको भेटमा आईकोसाका अध्यक्ष नावुहिरोले नेपालमा लगानीका सम्भावित क्षेत्रबारे चासो राखे । कोभिड १९ पछि विश्वव्यापी रुपमा साना तथा मझौला उद्योग सबैभन्दा बढी प्रभावित भएको उनको भनाई छ । नेपालमा जलविद्युत, पर्यटन लगायत अन्य सम्भावित क्षेत्रमा संयुक्त लगानीका लागि चेम्बरसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रतिबद्धता जनाए । उनले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको भन्दै सम्भावना युक्त क्षेत्रमा लगानीका लागि आफ्नो देशका उद्यमी व्यवसायीसँग प्रस्ताव गर्ने आश्वासन समेत दिए ।

    प्रकाशित मिति :मंसिर १३ २०८० बुधवार - ०७:३६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij