Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ८० प्रतिशत बढी नर्स फेल

नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ८० प्रतिशत बढी नर्स फेल


  • 3.5K
    Shares

    नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ८० प्रतिशत बढी नर्स फेल

    १० मंसिर, काठमाडौं । नेपाल नर्सिङ परिषद्ले ३४औं नर्सको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक  गरेको छ । जसमा ८० प्रतिशतभन्दा बढी नर्स फेल भएका छन् ।

    शनिबार लिएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको लाइसेन्स परीक्षाको नतिजाले नर्सिङ पढाईको गुणस्तरमा प्रश्नचिह्न खडा गरेको छ । परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिका अनुसार पीसीएल नर्सिङतर्फ कुल १ हजार २७० जना सहभागी भएका मध्ये २४६ जना अर्थात १९.३४ प्रतिशत मात्रै पास भएका छन् ।

    यस्तै, शनिबार नै लिएको बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधाभन्दा बढी फेल भएका छन् । बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.०३)  प्रतिशत उत्तिर्ण भएका छन् ।

     

    प्रकाशित मिति :मंसिर १० २०८० आइतवार - १२:५७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij