Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आधिकारिकताका लागि नेकपामा हानथाप,प्रचण्डका मान्छे पुग्नु अघि थपलियाले बस्नेतलाई किन मारे धाप ?

आधिकारिकताका लागि नेकपामा हानथाप,प्रचण्डका मान्छे पुग्नु अघि थपलियाले बस्नेतलाई किन मारे धाप ?


  • 52.2K
    Shares

    आधिकारिकताका लागि नेकपामा हानथाप,प्रचण्डका मान्छे पुग्नु अघि थपलियाले बस्नेतलाई किन मारे धाप ?

    नेकपा दाहाल–नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । बुधबारमात्रै यो समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दिन ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको भूमिकाप्रति गम्भीर आपत्ति प्रकट गरेको थियो । 

    आयोगसमक्ष पार्टीले पुनः ध्यानाकर्षण र ताकेता गर्ने निर्णय पनि बैठकले गरेको थियो । त्यसैअनुसार दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डेलगायत नेता आयोग पुगेको यो समूहका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

    ‘हिजो पार्टीले गरेका निर्णयहरु लिखित रुपमै जानकारी पनि गराउने साथै चाँडो निर्णय गर, अकर्मण्यतामा नफस, निर्वाचन ऐन, कानुन, संविधान र विगतका नजिरहरुको आधारमा चाँडो फैसला गर भनेर आग्रह गर्न साथीहरु आयोग पुग्नु भएको छ,’ उनले भने ।

    बुधबारको बैठकमा केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र समेत संकलन गरिएको थियो । बैठकले आयोगको कार्यशैलीप्रति आपत्ति जनाउँदै राज्यको कानुन, नेकपाको विधान, लोकतान्त्रिक प्रणाली र मान्यताबमोजिम तत्काल निष्पक्ष एवं न्यायसंगत निर्णय गर्नपर्ने ठहर गरेको थियो ।

    यो समूहले गत माघ २० मा राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ को प्रक्रियाअनुसार आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएको छ । तर आयोगले उक्त निवेदनमाथि के गर्ने भन्ने निर्णय गरेको छैन ।

    त्यस अघि नेकपाको केपी ओली समूहका नेता महेश बस्नेतले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका छन् ।

     नेकपाको आधिकारिकता विवादमा आयुक्तहरु छलफलमा जुटेका बेला बुधबार नेता बस्नेत आयोग कार्यलय पुगेका हुन् । प्रमुख आयुक्त थपलियालाई भेटेको बस्नेतले बताए । पार्टी एकताबद्ध बनाउने अभियान चलेको र संसदीय दल तथा केन्द्रीय कमिटीका बहुमत सदस्य कम्युनिस्ट पार्टीको सरकार ढालेर अर्को सरकार बनाउने पक्षमा नरहेको उनले बताए ।

    प्रकाशित मिति :फाल्गुण २० २०७७ बिहिवार - १५:४६:१४ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij