Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

इन्जिनियरिङ शिक्षाको प्रवेश परीक्षा स्थगित, शुल्क बढाउने निर्णय खारेज नगर्ने संस्थानको अडान

इन्जिनियरिङ शिक्षाको प्रवेश परीक्षा स्थगित, शुल्क बढाउने निर्णय खारेज नगर्ने संस्थानको अडान


  • 3.1K
    Shares

    इन्जिनियरिङ शिक्षाको प्रवेश परीक्षा स्थगित, शुल्क बढाउने निर्णय खारेज नगर्ने संस्थानको अडान
    images

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ शिक्षाको (बि.ईं/बिआर्क) प्रवेश परीक्षा स्थगित गरेको छ । शनिबार सार्वजनिक विज्ञप्ति जारी गर्दै इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले भदौ ५ गतेदेखि सञ्चालन हुने परीक्षा र भदौ १९ पछिका पूर्वप्रकाशित तालिकाहरू स्थगित भएको जानकारी दिएको हो ।

    संस्थानले यसै वर्षबाट भर्ना हुने नयाँ विद्यार्थीहरूलाई लागु हुने गरी आंगिक क्याम्पसको बि.ई/बि.आर्क भर्ना शुल्कमा गरिएको समायोजनापश्चात पक्षहरूबाट भएका ध्यानकर्षणलाई गम्भिर रूपमा लिएको डिनले जनाएको छ । 

    साथै संस्थानले समस्या समाधानका लागि सरोकारवाला पक्ष प्रध्यापक, कर्मचारी तथा विद्यार्थी र आन्दोनरत पक्षलाई छलफल तथा वार्तामा सम्मिलित भई उचित निकासहित शैक्षिक वातावरण निर्माण गर्नका लागि सबैमा अपिल समेत गरेको छ ।

    संस्थानले बि.ई/बि.आर्क प्रवेश परीक्षा र सार्वजनिक गरिएको भर्ना शुल्क सम्बन्धमा सरोकारवाला पक्षहरूबाट चासो र विरोध भएकोले तत्कालका लागि प्रवेश परीक्षा सम्बन्धी भदौ १९ गते पछिका सम्पूर्ण पूर्व प्रकाशित तालिकाहरू अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको जनाएको छ ।

    २६ बर्ष यता शुल्कमा केही तात्विक परिवर्तन नभएको भन्दै संस्थानले शुल्क बढाउने निर्णय खारेज नगर्ने जनाएको छ। 
     
    हेर्नुहोस् विज्ञप्ति

    tribhuvan university notice.jpg

    प्रकाशित मिति :भाद्र १० २०८० आइतवार - ११:२२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij