२०८२ भाद्र २ गते सोमवार
पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायले शैक्षिक सत्र २०८०/८१ का लागि भर्ना हुन प्रवेश परीक्षाको आवेदन खुला गरेको छ । विश्वविद्यालयले इन्जिनियरिङ संकाय अन्तर्गत स्नातक तह अध्ययनको प्रवेश परीक्षाका लागि अनलाइन फाराम भर्न खुला गरेको हो ।
कक्षा ११-१२ फिजिक्स, केमेस्ट्री, म्याथ (कम्प्युटर इन्जिनियरिङका लागि कम्प्युटर) लिई प्रत्येक विषयमा न्यूनतम ‘सी’ ग्रेड, २.० सीजीपीए वा सो सरहको तहमा ४५ प्रतिशत भन्दा बढी प्राप्त गरी उत्तीर्ण विद्यार्थीले आवेदन दिन सक्ने विश्वविश्दालयले जनाएको छ । असोज १३ गते हुने प्रवेश परीक्षामा सञ्चालन गर्ने तयारी गरेको विश्वविद्यालयले असोज ६ गतेसम्म तोकिएको दस्तुर २ हजार र ८ गतेसम्म बिलम्ब दस्तुर ३ हजार तिरी फाराम भर्नुपर्ने छ ।
परीक्षा केन्द्रहरू भने अर्को सूचनामा प्रकाशन गर्ने विश्वविद्यालयले जनाएको छ ।
सूचना हेर्नुहोस् :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij