Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कक्षा १२ को पूरक परीक्षा असोज ६ र ७ गते हने (सूचनासहित)

कक्षा १२ को पूरक परीक्षा असोज ६ र ७ गते हने (सूचनासहित)


  • 2.7K
    Shares

    कक्षा १२ को पूरक परीक्षा असोज ६ र ७ गते हने (सूचनासहित)

    कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा) असोज ६ र ७ गते हुने भएको छ। यसका लागि विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन फाराम भरिसक्न राष्ट्रिय परीक्षा बोर्डले आग्रह गरेको छ।

    बोर्डले जारी गरेको सूचनाअनुसार असोज ६ गते अनिवार्य अंग्रेजी र जुनसुकै एउटा विषयको परीक्षा दिने सबै परीक्षार्थीले परीक्षा दिन पाउनेछन्। दोस्रो दिन असोज ७ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीले बाँकी विषयको परीक्षा दिन पाउनेछन्। 

    ग्रेडवृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले भदौ २२ भित्र बोर्डको खातामा ६ सय रुपैयाँ परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ। सो अवधिभित्र रकम बुझाउन छुटेकाले भदौ ३१ गते भित्र दोब्बर दस्तुर १ हजार २ सय रुपैयाँ जम्मा गरेको भौचरसहित आवेदन फाराम बझाइसक्नुपर्नेछ।

    बोर्डका अनुसार परीक्षा केन्द्र पछि तोकिनेछ भने परीक्षा तोकिएको मितिमा आकस्मिक बिदा पर्न गएमा पनि परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा रोकिने छैन। 

    class-12_XsBcv44kTJ.jpg

    प्रकाशित मिति :श्रावण ३१ २०८० बुधवार - ०९:४२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij