२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै आएको चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) विषयका लागि भर्ना प्रक्रिया सुरु भएको छ ।
विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले शुक्रवार एक सूचना जारी गर्दै भर्ना खुलेको जानकारी गराएको हो ।
बीएससी सीएसआईटीमा भर्ना हुन चाहने विद्यार्थीले टियुको पेजमा गएर अनलाइन आवेदन दिन सक्नेछन् । २०८० सालको नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षामा सहभागी हुनु पर्नेछ । प्रवेश परीक्षाका लागि आवेदन दिने वेब पेज भने यही साउन ३२ साउन गते बिहान १० बजेदेखि मात्रै खुल्ने टीयूले जनाएको छ ।
विद्यार्थीले भदौ २६ गते भित्र प्रवेश परीक्षाका लागि आवेदन दिइसक्नु पर्नेे छ । दोब्बर दस्तुर तिरेर भदौ ३१ सम्म फाराम भर्न सकिनेछ । आवेदन दिने विद्यार्थीका लागि प्रवेश परीक्षा शुल्क १,८५० तोकिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij