Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

‘सुन तस्करीमा सरकारको छानबिन प्रतिवेदन आएपछि उच्चस्तरीय समिति बनाउन सकिन्छ’

‘सुन तस्करीमा सरकारको छानबिन प्रतिवेदन आएपछि उच्चस्तरीय समिति बनाउन सकिन्छ’


  • 1.8K
    Shares

    ‘सुन तस्करीमा सरकारको छानबिन प्रतिवेदन आएपछि उच्चस्तरीय समिति बनाउन सकिन्छ’

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको छानबिन प्रतिवेदन आइसकेपछि उच्चस्तरीय छानबिन समिति बनाउन सकिने बताएका छन् ।  

    सोमबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव शर्माले सुन तस्करी प्रकरणको जालो पत्ता लगाउन सरकार लागि परिरहेको बताएका हुन् । उनले सरकारको छानबिन रिपोर्ट आएपछि चित्त नबुझेमा मात्रै उच्चस्तरीय छानबिन समिति बनाउन सकिने बताए । 

    उपमहासचिव शर्माले अहिलेको अवस्थामा सरकारले गरेको छानबिनलाई सहयोग गर्नु आवश्यक रहेको बताए । उनले बरु सरकारलाई निश्चित समयभित्र छानबिन गरिसक्नुस् भने समय तोक्न भने सकिने बताए ।  

    उपमहासचिव शर्माले संसदमा धेरै विषयहरुमा छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै संसद् ठप्प पार्नु नहुने बताए । उनले सरकारको तर्फबाट संसद् खोल्नका लागि पहल भइरहेको बताए ।

    प्रकाशित मिति :श्रावण २३ २०८० मंगलवार - ०७:२१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij