Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

संसदीय समिति सभापतिको भागबन्डा मिल्यो, रास्वपा र राप्रपाले पाएनन्

संसदीय समिति सभापतिको भागबन्डा मिल्यो, रास्वपा र राप्रपाले पाएनन्


  • 2.4K
    Shares

    संसदीय समिति सभापतिको भागबन्डा मिल्यो, रास्वपा र राप्रपाले पाएनन्

    काठमाडौँ  । संघीय संसदका संयुक्त र विषयगत समितिको भागबण्डा मिलेको छ । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र जनमतले समितिको सभापति पाउने गरी भागण्बडा मिलेको हो ।  कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, जसपा, एकीकृत समाजवादी र जनमत एक–एक समितिको सभापति भागमा परेको छ ।

    उनले भने, ‘संसदीय समितिमा दलहरुबीच पावरसेरिङ मिलिसकेको छ । आज हाउस बस्यो भने समितिको सभापतिको विषय टुंगिन्छ ।’ केही दिनमै सबै समितिले नेतृत्व पाउने उनको भनाइ छ । ‘सभापति दिने दलहरुको आन्तरिक विषय हो । अब केही दिनमै सबै समितिले नेतृत्व पाउँछन्,’ उनले भने ।

    प्रतिनिधिसभातर्फ १० वटा र संयुक्त २ वटा संसदीय समितिहरु छन् । एमालेलाई राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त), सार्वजनिक लेखा समितिको नेतृत्व पक्का छ । यस्तै महिला तथा सामाजिक मामिला समितिको नेतृत्व पनि एमालेले पाउने छ । संसदीय सुनुवाई समिति (संयुक्त) को सभापति कांग्रेसले पाउने सहमति भइसकेको छ । यस्तै अर्थ, कृषि र राज्य व्यवस्था समिति कांग्रेसले पाउने सहमति छ ।

    यसैगरी कानुन र विकास समिति माओवादी केन्द्रले, अन्तर्राष्ट्रिय सम्बन्ध समिति जसपाले, उद्योग समिति जनमतले र शिक्षा समितिको सभापति एकीकृत समाजवादीले पाउने छन् । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समितिको नेतृत्व नपाउने भएका छन् । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षीबीच समिति सभापतिमा भागबण्डा हुँदा रास्वपा र राप्रपालाई भने बाइपास गरिएको छ ।

    प्रकाशित मिति :श्रावण २२ २०८० सोमवार - ११:३२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij