Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

विद्यालय परिसरमा २२ वर्षीय युवकको शव फेला, पहिचान खुल्न बाँकी

विद्यालय परिसरमा २२ वर्षीय युवकको शव फेला, पहिचान खुल्न बाँकी


  • 2.0K
    Shares

    विद्यालय परिसरमा २२ वर्षीय युवकको शव फेला, पहिचान खुल्न बाँकी

    सर्लाही । सर्लाही  सदरमुकाम मलंगवामा रहेको श्रीमती कृष्णदेवी माविमा एक युवकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–९ स्थित श्रीमती कृष्णदेवी मा.वि को प्रांगणमा आइतबार बिहान युवकको शव फेला परेको हो।

    करिब २२ वर्षीय युवकको शवको पहिचान खुल्न नसकेको प्रहरी कार्यालय डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए। आइतबार बिहान स्थानीयले विद्यालयको बरण्डामा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगेको छ। 

    युवकको हत्या भएको आशंका प्रहरीले गरेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

     

    प्रकाशित मिति :श्रावण २१ २०८० आइतवार - १०:५४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij