Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

'जापान काण्ड’ भन्दै जापनमा रहेकी प्रेमिकाको भिडियो प्रेमीले पोर्न साइटमा राखिदिएपछि... 

'जापान काण्ड’ भन्दै जापनमा रहेकी प्रेमिकाको भिडियो प्रेमीले पोर्न साइटमा राखिदिएपछि... 


  • 5.4K
    Shares

    • images
    'जापान काण्ड’ भन्दै जापनमा रहेकी प्रेमिकाको भिडियो प्रेमीले पोर्न साइटमा राखिदिएपछि... 
    images

    काठमाडौँ । प्रेमी-प्रेमिका बिच मायापिरतीका संवाद र अन्तरङ्ग साटासाट गर्दाको संवादका कतिपय पल सुखद मात्र रहँदैनन्, सम्बन्ध बिग्रियो भने पीडादायी र भयावह हुन सक्छन् । त्यसको उदाहरण प्रकाश र रस्मिला (नाम परिवर्तन) को सम्बन्ध बनेको छ ।

    घटना अनुसार म्याग्दी साबिक अर्मन गाविस–२ का २७ वर्षीय प्रकाश विक र म्याग्दीकै २३ वर्षीय रस्मिला बिच नेपालमा हुँदा बसेको प्रेम दुई फरक देशमा पुगेपछि थप प्रगाढ बन्छ । उच्च शिक्षाका लागि जापानमा पुगेकी रस्मिला र वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका प्रकाशबिचको इन्टरनेट फोनमा हुने कुराकानी अक्सर नग्न अवस्थामै हुन थाल्छ । प्रकाशले रस्मिलाका नग्न तस्बिर र भिडियो झुक्याएर मोबाइलमा सुरक्षित राख्न रेकर्ड गर्छन् ।

    जापानमा रहेकी रस्मिला अध्ययन र विदेशको रहनसहनमा बिस्तारै घुलमिल हुँदै जान्छिन् र प्रकाशसँगको कुराकानी बिस्तारै कम हुँदै जान्छ । प्रकाशले यसलाई अनेक शङ्कामा रस्मिला र परिवारलाई पनि पठाई तिनै भिडियोलाई प्रतिशोधका रूपमा प्रयोग गर्न थाल्छन् । त्यतिले मात्र नपुगी अश्लील भिडियो पोर्न साइटमा राख्छन् । सामाजिक सञ्जालको म्यासेजमा आउने नग्न भिडियो पोर्न साइटमै आएपछि रस्मिला र परिवारै छाँगाबाटै खसेजस्तै बन्छन् ।

    उच्च शिक्षाका लागि झन्डै एक वर्षअघि जापान पुगेकी रस्मिलाको अध्ययनको लक्ष्य आफ्नै नग्न तस्बिरले धुमिल बनाउँछ । परिवार, आफन्त र शुभचिन्तकलाई यो घटनाले सामाजिक प्रतिष्ठा र इज्जतमा पुर्याएको आधातको लेखाजोखा नै छैन । ‘नेपाली युवतीको जापान काण्ड’ नाममा पोर्न साइटमा अपलोड गरिएका नग्न भिडियो नेपाल प्रहरीको साइबर ब्युरोको सक्रियताले थप छरपस्ट भने हुन पाएन ।

    प्रेमिकालाई झुक्याएर विभिन्न बहानामा नग्न हुन बाध्य बनाई रेकर्ड गरेका नग्न भिडियो, फोटा सामाजिक सञ्जाल र पोर्न साइटमा अपलोड उनै प्रकाश विकलाई नेपाल प्रहरीले ‘रेड कर्नर नोटिस’ जारी गरी नेपाल ल्याई कानूनी कारबाही अघि बढाएको छ ।

    japan polication letter.jpg

    प्रकाशित मिति :श्रावण २१ २०८० आइतवार - १०:१०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij