Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

‘मोर्गन’ इन्टरनेशनल कलेज विद्यार्थीको सर्वाधिक रोजाईमा, प्रत्येक वर्ष सय भन्दा बढी विद्यार्थीले छात्रवृत्ति मार्फत अध्ययन गर्न पाउने

‘मोर्गन’ इन्टरनेशनल कलेज विद्यार्थीको सर्वाधिक रोजाईमा, प्रत्येक वर्ष सय भन्दा बढी विद्यार्थीले छात्रवृत्ति मार्फत अध्ययन गर्न पाउने


  • 4.9K
    Shares

    ‘मोर्गन’ इन्टरनेशनल कलेज विद्यार्थीको सर्वाधिक रोजाईमा, प्रत्येक वर्ष सय भन्दा बढी विद्यार्थीले छात्रवृत्ति मार्फत अध्ययन गर्न पाउने

    काठमाडौं । बसुन्धारास्थित मोर्गन इन्टरनेशनल कलेज उच्च शिक्षाको उत्कृष्ट गन्तव्यको रुपमा चिनिदै आएको छ । शैक्षिक क्षेत्रमा लामो अनुभव संगालेका शिक्षाविद् तथा सफल व्यवस्थापकद्वारा सञ्चालित कलेजले गुणस्तरीय शिक्षासँगै विद्यार्थीमा अन्तरनिहित प्रतिभा उजागर गराउनुका साथसार्थै, विद्यार्थीको व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापमा विशेष जोड दिएको छ । 

    विद्यार्थीको सपना साकार पार्ने प्रतिबद्धताका साथ गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक परिणाम हासिल गर्दै आएको कलेजले  ‘उच्च माध्यामिक शिक्षा परिषद् (एनइबी) र विश्वविद्यालयको बोर्ड परीक्षामा कलेजका विद्यार्थीले ल्याएको नतिजा, मेडिकल तथा इन्जिनियरिङ क्षेत्रमा मोर्गन कलेजका विद्यार्थीको बाहुल्यताका कारण नै विद्यार्थीको सर्वाधिक रोजाईको शैक्षिक संस्था बन्न सफल भएको प्रिन्सिपल डा।दीपेन्द्र भण्डारीले बताए।’

    उच्च माध्यामिक शिक्षा परिषद् र त्रिभुवन विश्वविद्यालयले लिने परीक्षाहरुमा मोर्गन कलेजका विद्यार्थीहरुले निरन्तर बोर्ड टप गरिरहेका छन् । परिषद्ले लिएको बोर्ड परीक्षामा विज्ञान र व्यवस्थापन संकायमा मोर्गन इन्टरनेसनल कलेजका विद्यार्थीले पाँच–पाँच पटक बोर्ड टप गरेका छन् ।’

    मोर्गन कलेजले अत्याधुनिक पूर्वाधार, होटल म्यानेज्मेन्ट तथा कम्प्युटर ल्याब, गल्र्स तथा ब्वाइज होस्टेल र विद्यार्थीलाई सुरक्षित आवतजावतका लागि यातायात समेत सुविधा उपलब्ध गराएको छ । यसका साथै अध्यापनको लागि डिजिटल कक्षा कोठा, प्रयोगशाला र पुस्तकालय पनि छन् ।

    एसईई उत्तीर्ण गरेको जोसुकै विद्यार्थी मोर्गन कलेजमा अध्ययन गर्न पाउने छन् । विभिन्न शिर्षकमा छात्रवृत्ति पनि उलपब्ध गराउँदै आएकोमा कलेजले प्लस टु मा सबैभन्दा धेरै छात्रवृत्ति प्रदान गरेको छ । प्रत्येक वर्ष १०० भन्दा बढी विद्यार्थीले छात्रवृत्ति मार्फत अध्ययन गरेको र एसईई परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थीहरुका लागि भने प्रयोगात्मक बाहेकको सबै शुल्क मिनाह गर्दै आएको  उनले जानकारी दिए । 

    पटक–पटक नेपालकै उत्कृष्ट भएर पुरस्कृत हुने गरेको कलेजले आगामी २ वर्षभित्रमा अत्याधुनिक सुविधाको नयाँ भवनबाट शैक्षिक क्रियाकलाप सञ्चालनमा ल्याउने गरि निर्माण कार्य तिव्र रुपमा अघि बढाएको छ । 

    प्रकाशित मिति :श्रावण १८ २०८० बिहिवार - १६:३६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij