२०८२ माघ १३ गते मंगलवार
सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक दोस्रो दिन सुरु भएको छ।
प्रज्ञाभवन कमलादीमा सुरू भएको बैठकमा केन्द्रीय सदस्यहरुले संगठनात्मक प्रस्ताव, राजनीतिक प्रस्तावसहित समसामयिक विषयमा बोल्दैछन्।
बुधबार भएको उद्घाटनपछि अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र सांगाठनिक प्रतिवेदनमाथि १८ जना केन्द्रीय सदस्यहरू बोलेका थिए। बुधबार बोल्नेहरुले पार्टी शुद्धीकरण तथा सुदृढीकरण, युवा नेतृत्वको विकास वामपन्थी एकतासहितबारे बोलेका थिए।
बुधबारको बैठकमा अध्यक्ष प्रचण्ड परिवारकेन्द्रित भएको, नेताहरुमा भ्रष्ट प्रवृत्ति देखिएकोसहितका विषय उठाएका थिए। बिहीबारको बैठकमा १५० जना सदस्यले बोल्न नाम टिपाएका छन्।सबै सदस्यहरूलाई बोल्न ५ मिनेटको समय उपलब्धय गराइएको छ।
बैठक प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म बस्ने सचिव उपाध्यायले बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij