Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

गोपनियता भंग हुने भएकाले बैठक लाइभ गरिएनः माधव सापकोटा

गोपनियता भंग हुने भएकाले बैठक लाइभ गरिएनः माधव सापकोटा


  • 2.6K
    Shares

    गोपनियता भंग हुने भएकाले बैठक लाइभ गरिएनः माधव सापकोटा

    काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठकमा आज १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।

    बुधवार बसेको पार्टीको केन्द्रिय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले छलफलको विषयहरु राखिसकेपछि १८ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका हुन् ।

    अध्यक्ष दाहालले संगठनात्मक संरचना भद्दा र चुस्त नभएको र अब चुस्त बनाएर लैजानुपर्ने धारणा राखेको सदस्य माधव सापकोटाले बताए । उनले एक पटक पार्टी पंक्तिलाई वडा स्तरमा फर्काउने र तीन महिनाको अभियान सञ्चालन गरी विधान सम्मेलनका बारेमा छलफल भइरहेको बताए । उनले पार्टीको गोपनीयता भंग हुने र मुल आत्मा मर्ने भएकाले बैठक लाइभ नगरिएको बताए ।

    उनले भने ‘बैठक लाइभ गर्नु भनेको मुल आत्मालाई मार्नु हो । बैठक आन्तरिक हो, घरायसी हो । नेतृत्वको आलोचना गर्ने, सुझाव दिने कुरा हो । लाइभ गर्दा गोपनियता भंग हुन्छ ।’

    प्रकाशित मिति :श्रावण १८ २०८० बिहिवार - ०५:४९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij