Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

साढे सात लाख कार्यकर्ता रहेको माओवादीको दाबी

साढे सात लाख कार्यकर्ता रहेको माओवादीको दाबी


  • 2.2K
    Shares

    साढे सात लाख कार्यकर्ता रहेको माओवादीको दाबी

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले देश र विदेशमा आफ्ना साढे सात लाख कार्यकर्ता रहेको बताएको छ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधवारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमा ७ लाख ५२ हजार ९५६ जना माओवादी कार्यकर्ता रहेको उल्लेख गरिएको छ।

    जसअनुसार सबैभन्दा धेरै माओवादी कार्यकर्ता बागमती प्रदेशमा छन्। बागमतीमा १ लाख ४७ हजार ५५३, मधेशमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, कर्णालीमा ८५ हजार ७७४, सुदूरपश्चिममा ८० हजार ४८२, सम्पर्क समितिहरूमा १९ हजार ३१२, उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना कार्यकर्ता छन्।

    प्रचण्डले सबै जातीय मोर्चाले आफ्नो समुदायको जनसङ्ख्या कम्तीमा १० प्रतिशतलाई सङ्गठित गर्नुपर्ने प्रस्ताव गरेका छन्।

    प्रकाशित मिति :श्रावण १७ २०८० बुधवार - १४:३२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij